Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडा-६ मा जनता स्वास्थ्य कार्यक्रम शुरू, पहिलो दिन ३१२ जनाको परीक्षण

Screenshot_20230327_19491-1679926018.jpg

१३ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको आयोजनामा जनता स्वास्थ्य घरदैलो कार्यक्रम शुरु भएको छ । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको आर्थिक सहयोगमा हेटौंडा स्वास्थ्य चौकी चौघडाको समन्वयमा जनता स्वास्थ्य घरदैलो कार्यक्रम शुरु गरिएको हो । 
जनता स्वास्थ्य घरदैलो कार्यक्रम अन्तरगत ३० वर्ष माथिका नागरिकको मृगौलाको अवस्था जाँच गरिएको छ । अधिकांश नागरिकहरुमा मृगौला रोगको समस्या आएको कारण वडाले यो कार्यक्रम शुरु गरेको हेटौंडा-६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले जानकारी दिए । वडाभित्र रहेका २३ वटा टोल विकास संस्थाहरुलाई विभाजन गरि ८ स्थानमा शिविरको आयोेजना गरिने हेटौंडा स्वास्थ्य चौकी चौघडाका प्रमुख तोयानाथ ढुंगेलले जानकारी दिए । 
शिविरको पहिलो दिन ३१२ जनाले स्वास्थ्य जाँच गराएका छन् । कृष्ण प्रणामी मन्दिर गौरीटार, वंश गोपाल युवा क्लब पुतलीबजार र शान्तिटोलमा रहेको टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिको भवनमा जाँच गरिएको थियो । हेटौंडा ६ का वडा अध्यक्ष दाहालले परिक्षणको लागि आवश्यक पर्ने किट हस्तान्तरण गरि शिविरको शुरुवात गरेका हुन् । वडाका जनताहरुको स्वास्थ्य सुरक्षाका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिने अध्यक्ष दाहालले बताए । 
३ वटा स्थानमा भएको शिविर कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ का अध्यक्ष बासुदेव खतिवडा, समन्वय समितिका निवर्तमान अध्यक्ष केशव धिताल, स्वास्थ्य स्वयंसेविका लगायत स्थानीयको उपस्थिति रहेको थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार