Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीमा वन डढेलो व्यवस्थापनका लागी सचेतना गोष्ठी

FB_IMG_1679980435309-1679999649.jpg

१४चैत्र,हेटौडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा वन डढेलो व्यवस्थापनका लागी सचेतना  गोष्ठीको आयोजना गरिएको छ। 

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा मंगलवार भएको एक दिने वन डढेलो न्यूनीकरण तथा ब्यवस्थापन सम्वन्धि सचेतनामुलक गोष्ठीको आयोजना गरिएको हो।  गोष्ठीमा  सहभागिहरुले वनडढेलो मानव जीवनको लागि हानी हुने भएकाले सबैले मिलेर वनडढेलो नियन्त्रण गर्नु पर्नेमा जोड दिएका थिए। 

हेटौडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत भैरब बहादुर कुमालको प्रमुख आतिथ्यता एवम महासंघका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा वनजङगलमा डढेलो लाग्दा हुने नोक्सानी, वातावरणमा पर्ने प्रभाव, वनमा हुने विभिन्न प्रकारका जडीबुटी, वन्यजन्तु, चराचुरुङी, जैविक विविधतामा पुग्ने क्षेती, डढेलो लाग्दा कसरी नियन्त्रण गर्न सकिन्छ विषयहरुमा जानकारी गराईएको थियो । गोष्ठीमा वनडढ्लो लाग्दा निभाउने तरीका र डढेलो नियन्त्रणमा प्रयोग गर्ने सामाग्रीहरुको फिल्ड अभ्यास समेत गराईएको थियो ।

सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर देवेन्द्र सञ्जेल र सुन्दर सामुदायिक वनका पूर्व अध्यक्ष बुद्धि प्रसाद पौडेलले गोष्ठीमा सहजीकरण गर्नु भएको थियो । गोष्ठीमा रानी, चुच्चेखोला, अशोक, चित्रेपानी सामुदायिक वनका पदाधिकारी, महिला उपसमिति, सामुदायिक वनका कर्मचारी र सञ्चारकर्मी समेत गरि करिव ६० जनाको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार