२१ चैत, हेटौंडा । नेपाल तरुण दल हेटौंडा ६ नम्बर वडा इकाई समितिले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना दौड प्रतियोगिता गर्ने भएको छ ।
नयाँ वर्षको शुभकामना आदानप्रदान संगै ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गर्न लागिएको नेपाल तरुण दल हेटौंडा ६ नम्बर वडाका अध्यक्ष कमल कोइरालाले जानकारी दिए ।
शुभकामना दौडका लागि मकवानपुर जिल्ला स्थायी ठेगाना भएको हुनुपर्ने अध्यक्ष कोइरालाले बताए । चौघडा बजारदेखी चुच्चेखोला चोकसम्म पुगेर चौघडा बजारमा आएपश्चात ५ किलोमिटर दौड पूरा हुने छ ।
दौड प्रतियोगिताको लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा भूपेन्द्र विष्ट, प्रचारप्रसार समितिमा विजय पौडेल, स्वागत तथा सम्मान समितिमा राजकुमार बास्तोला, स्वयम्सेवक परिचालन समितिमा इश्वर राना र सचिवालय समिति तरुण दल ६ नम्बर वडाका सचिव विजय चौलागाई रहेका छन् ।
प्रतियोगितामा सहभागिताका लागि हेटौंडा ४ स्कुलरोडमा रहेको पाण्डे इन्टरप्राइजेज, नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, नेपाली कांग्रेस ६ नम्बर वडा इकाई समितिको सचिवालयमा र हेटौंडा २ कांग्रेसचोकमा रहेको बेङ्कटेश छापाखानामा दौड प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले फारम भर्ने व्यवस्था रहेको छ ।
प्रतियागिताको प्रथम हुनेले नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार रुपैयाँ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल तरुण दल ६ नम्बर वडा इकाई समितिले आयोजना गरेको शुभकामना दौडकोे यो ८ औँ संस्करण हो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







