१३ मंसिर, हेटौंडा । चुनाब हार्ने मनस्थितिमा पुगेपछी मकवानपुरको क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवारले चामल र कम्बल बाँडेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएको चामल र कम्बलसहितको ट्रयाक्टर ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको हो ।
चुनाबी आचारसंहिता लत्याउदै विभिन्न सामान बाँडेर बाम गठबन्धनका उम्मेदवारले भोट माग्ने गर्न थालेको कांग्रेसको भनाई छ । गएराती कम्बल बाड्दाबाड्दै मनहरी प्याङ्चेबाट तरूण युवाहरूले लखेटेेका क्षेत्र नम्बर २ को २ का प्रदेशसभा सदस्य उम्मेदवार राजाराम स्याङ्तानले बाढी पीडितको नाममा पठाउदै गरेको एक ट्याक्टर चामल र कम्बल पठाएको उनीहरूले दावी गरेको छ ।
ख्रिष्टियन चाइनिज संस्थाको नाममा मङ्गलबार राक्सिराङको साजकमा चामल र कम्बल बितरण भएको थियो । चामल बितरणको क्रममा राजाराम स्याङ्तानले पठाएको र २१ गतेको चुनाबमा उसलाई भोट दिनुपर्छ भनिएको भन्दै स्थानीयले काङ्ग्रेस नेताहरुलाई जानकारी गराएका थिए । चामल बाड्न एमालेका केही स्थानीय नेताहरु समेत गाउँ पुगेका थिए ।
यसपछी काङ्ग्रेस र तरुण दल मनहरीका नेता कार्यकर्ताले यस्ता गतिबिधी हुन नदिन निगरानी बढाएका थिए । 'गरिबको नाममा केही सामान दिएर एमालेलाई भोट देउ भनेको पाएपछी हाम्ले निगरानी गरिराखेका थियौं', नेपाली कांग्रेस मनहरीका नेता नवराज लामाले भने, 'मनहरी बजारबाट ४ नम्बर वडा ट्वाङ्ग्रा लैजान लागेको एक ट्याक्टर चामल र कम्बल नियन्त्रणमा लिएर मनहरी प्रहरीलाई बुझाएका छौँ ।' निर्वाचन र मतदातालाइ प्रभाव पार्ने गरि हुने यस्ता गतिबिधिलाई रोक्न आफूहरु सकृय रहेको जानकारी दिदै उनले यस्ता क्रियाकलाप रोक्नुपर्ने बताए ।
कांग्रेस ४ नम्बर क्षेत्रीय उपसभापती नुरज पौडेलले यस्ता अाचारसंहिता विपरितका गतिविधि नगर्न सबैसंग अाग्रह गरे । इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक चित्र घलेले घटनाको अनुसन्धान भैरहेको बताए ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




