१३ मंसिर, हेटौंडा । चुनाब हार्ने मनस्थितिमा पुगेपछी मकवानपुरको क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवारले चामल र कम्बल बाँडेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएको चामल र कम्बलसहितको ट्रयाक्टर ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको हो ।
चुनाबी आचारसंहिता लत्याउदै विभिन्न सामान बाँडेर बाम गठबन्धनका उम्मेदवारले भोट माग्ने गर्न थालेको कांग्रेसको भनाई छ । गएराती कम्बल बाड्दाबाड्दै मनहरी प्याङ्चेबाट तरूण युवाहरूले लखेटेेका क्षेत्र नम्बर २ को २ का प्रदेशसभा सदस्य उम्मेदवार राजाराम स्याङ्तानले बाढी पीडितको नाममा पठाउदै गरेको एक ट्याक्टर चामल र कम्बल पठाएको उनीहरूले दावी गरेको छ ।
ख्रिष्टियन चाइनिज संस्थाको नाममा मङ्गलबार राक्सिराङको साजकमा चामल र कम्बल बितरण भएको थियो । चामल बितरणको क्रममा राजाराम स्याङ्तानले पठाएको र २१ गतेको चुनाबमा उसलाई भोट दिनुपर्छ भनिएको भन्दै स्थानीयले काङ्ग्रेस नेताहरुलाई जानकारी गराएका थिए । चामल बाड्न एमालेका केही स्थानीय नेताहरु समेत गाउँ पुगेका थिए ।
यसपछी काङ्ग्रेस र तरुण दल मनहरीका नेता कार्यकर्ताले यस्ता गतिबिधी हुन नदिन निगरानी बढाएका थिए । 'गरिबको नाममा केही सामान दिएर एमालेलाई भोट देउ भनेको पाएपछी हाम्ले निगरानी गरिराखेका थियौं', नेपाली कांग्रेस मनहरीका नेता नवराज लामाले भने, 'मनहरी बजारबाट ४ नम्बर वडा ट्वाङ्ग्रा लैजान लागेको एक ट्याक्टर चामल र कम्बल नियन्त्रणमा लिएर मनहरी प्रहरीलाई बुझाएका छौँ ।' निर्वाचन र मतदातालाइ प्रभाव पार्ने गरि हुने यस्ता गतिबिधिलाई रोक्न आफूहरु सकृय रहेको जानकारी दिदै उनले यस्ता क्रियाकलाप रोक्नुपर्ने बताए ।
कांग्रेस ४ नम्बर क्षेत्रीय उपसभापती नुरज पौडेलले यस्ता अाचारसंहिता विपरितका गतिविधि नगर्न सबैसंग अाग्रह गरे । इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक चित्र घलेले घटनाको अनुसन्धान भैरहेको बताए ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
