Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

गौरीटारमा विषादीरहित तरकारी खेतिसम्बन्धी तालिमको समापन

Screenshot_20230408_14554-1680945280.jpg

२५ चैत, हेटौंडा ।  हेटौंडा-६ तल्लो गौरीटारमा रहेको नमूना आईपिएम कृषक पाठशालामा भएको १६ हप्ते विषादीरहित तरकारी खेतिसम्बन्धी तालिमको समापन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको तालिमको शनिबार समापन गरिएको हो । 
कार्यक्रममा पाठशालाकी कोषाध्यक्ष मञ्जु चौलागाईंले पाठशाला अवधिभरको गतिविधि समेटेर प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उत्कृष्ट तीन समूहलाई पुरस्कृत समेत गरिएको थियो ।
हेटौंडा-६ का अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवं पाठशालाकी अध्यक्ष शोभा खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतम, उपमहानगरपालिकाका शिक्षा एवं आर्थिक महाशाखा प्रमुख गंगाधर रिमाल, टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष बासुदेव खतिवडा, आईपिएम सहजकर्ता घमराज तिमल्सिना, सहभागीहरूको तर्फबाट नम्रता दाहाल, रूद्रप्रसाद खतिवडा, पाठशालाकी सचिव शर्मिला दंगाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य विजय पौडेल र लेखराज ढकाल, उपमहानगरपालिकाकी कृषि शाखा प्रमुख गंगा चौलागाईं, सहकारीका प्रतिनिधि, सामाजिक, धार्मिक एवं शैक्षिक संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 
तालिममा २५ जना कृषकहरूको सहभागिता रहेको थियो । उपमहानगरपालिकाले हेटौंडाको पदमपोखरी र शिखरपानीमा पनि आईपिएम पाठशाला संचालन गरिरहेको जनाइएको छ ।

IMG-6a6cc3523a428628267b6-1680945318.jpg
IMG-e12ff7028f6acc41ccd17-1680945319.jpg
IMG-58a27bfe3a50329f6df3a-1680945355.jpg
IMG-2ca90d025b657492f118d-1680945355.jpg
IMG-7da2f6eb1a5bc3de02450-1680945355.jpg
IMG-7f59a548836051fa63577-1680945382.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार