फाईल फोटो
१३ मंसिर ,हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले थाहानगरपालिकालाई पर्यटक स्थलको रुपमा विकास गरी पर्यटनकीय क्षेत्र बनाईने बताईन।
लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तर्गत बुधबार थाहानगरपालिका ५ स्थित साविक दामनको पिङडाँडामा भएको कोणसभामा डिनाले आन्तरिक तथा बाह्य पर्यटकहरु मनोरञ्जन लिनको लागि दामन आउने भएकाले यस क्षेत्रलाई पर्यटक स्थलको रुपमा विकास गर्नुपर्ने औल्याएकी थिइन् । थाहानगरमा पर्यटकसँग सँगै रेमिट्यान्स पनि भित्रिने भएकोले देशको आर्थिक अवस्था पनि वृद्धि हुने डीनाले
बताइन् । ‘राजनीतिमा महिला सहभागिता विशेष भूमिका रहन्छ’ डिनाले भने –‘मकवानपुर रहेको गाउँपालिकामा सुत्केरी महिलालाई निःशूल्क एम्बुलेन्सको व्यवस्था गर्ने छाँै ।’ प्रजातन्त्र पुनस्थापनापछि मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि विकास नभएको डिनाले बताइन् । संविधान र लोकतन्त्र जोगाउनको लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको उनको दाबी छ ।
त्यसैगरि प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले मकवानपुरको उत्तरी क्षेत्रलाई पर्यटन तथा तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरिने बताए ।
नेपाली काँग्रेस मकवानपुरका निर्वतमान सभापति तथा क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपानेले लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति भएपनि लोकतन्त्र गठबन्धनले जित्नु अपरिहार्य रहेको बताए । उनले मकवानपुरमा बाम गठबन्धनले गफ मात्र गरेर समय बर्बाद गरेको आरोप लगाएका छन् । बुधबार लोकतान्त्रिक गठबन्धनले कोणसभा तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो ।
नेपाली काँग्रेस थाहानगरपालिका–५ का सभापति भीमबहादुर लामाको अध्यक्षताम भएको कार्यक्रममा प्रदेश सभा २ क का निर्वाचन परिचालक जयराम लामिछाने, नेपाली काँग्रेस मकवापनुर २ नम्वर क्षेत्रीय सभापति इश्वरनाथ पौडेल, राप्रपा थाहानगरका सभापति हरेराम कार्कीलगायतको आतिथ्यता रहेको थियो । बुधबार चुनावी अभियान अन्तरर्गत लोकतान्त्रिक गठबन्धनले थाहानगरपालिका– ६ स्थित बज्रवाराहीमा कोणसभा तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
