१३ मंसिर ,हेटौँडा। मङ्सिर २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएको काङ्ग्रेसका उम्मेदवारलाई भोट माग्न इन्द्र बानियाँको पत्नी दीपा बानियाँ हाडीखोला पुगेकी छिन् । प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ को २९ख० बाट उम्मेदवार बनेका इन्द्र बानियाँको पत्निसहित काङ्ग्रेस नेताका श्रीमतिहरु बुधबार घरदैलो गर्न हाडीखोला पुगेका हुन् ।
घरदैलो कार्यक्रममा बोल्दै बानियाँ पत्नि दीपाले मकवानपुरको क्षेत्र नम्बर १ मा गरेको वाचाहरु करिब पूरा गरेपछि पछि परेको मकवानपुर क्षेत्र नम्बर २ को विकासका लागि आफ्नो पति यस क्षेत्रमा आएको भन्दै एकपटक जिताएर वास्तविक विकास हेर्न अनुरोध गरे । हामी बोल्नरभाषण गर्न त्यत्ती जान्दैनौ, यहाँको समस्याको बिषयमा जानकारी गराउनुहोला, बानियाँले भनिन्,काङ्ग्रेस र इन्द्र बानियाँबाट हुन सक्ने सबै समस्याको समाधान हुनेछ । महिलाको क्षेत्रमा रहेको समस्याको बिषयमा आफूलाई धेरै जानकारी भएको भन्दै उनले ढुक्क भएर रुख चिन्हमा मतदान गर्न अनुरोध गरिन । यस्तै गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसको तर्फबाट मनहरी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका नेता शंकर न्यौपानेले आफू चुनावमा पराजित भएपनि स्थानीयको सुखदुःखमा सङ्गै रहेको बताउदै मन्त्रीदेखि मुख्य मन्त्री बन्न सक्ने उम्मेदवार क्षेत्र नम्बर २ ले पाएकोले एकपटक काङ्ग्रेसलाई जिताउन अनुरोध गरे । यस क्षेत्रबाट पटक पटक कम्युनिस्टहरुले जिते, तपाईंको यस क्षेत्रको विकासमा के कति काम भयो मुल्यांकन गर्न अनुरोध गर्दै हेटौंडाबाट नजिकै रहेर पनि विकट झै रहेको यस क्षेत्रको विकासको लागि काङ्ग्रेसका उम्मेदवारहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरे ।
घरदैलोमा काङ्ग्रेस हेटौंडा उपमहानगर सभापति आन्नद राम पराजुली पत्नी लता पराजुली, काङ्ग्रेस नेताहरु शैलेन्द्र बानिया, प्रकाश न्यौपाने, साविक हाडीखोलाका काङ्ग्रेस सभापती चन्द्रबहादुर न्यौपाने, वडाका प्रचारप्रसार संयोजक पवन खड्कालगायतकाको उपस्थिति थिए ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
