२७ चैत, हेटौंडा । पाँचौ संस्करणको हेटौंडा उपमहानगरपालिका स्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ वडा नम्बर ४, ५, ६, ८, ११, १२, १६ र १९ क्वार्टर फाइनल प्रवेश गरेका छन् ।
सोमबारबाट सुरु भएको प्रतियोगितामा लिग चरण्का खेलहरु सकिदा महिला तर्फ वडा नम्बर २, ६, ९, ११, १२, १४, १७ र १९ नम्बर वडा क्वार्टर फाइनल प्रवेश गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तले स्थित बुद्ध माविको खेल मैदानमा जारी प्रतियोगितामा मंगलबारबाट क्वाटर फाइनलका खेल हुने प्रतियोगिता संयोजक त्रिविक्रम रुपाखेतीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल २९ गते बुधबार हुने संयोजक रुपाखेतीले बताए ।
प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर बानियाँले नगर क्षेत्रका सबै वडाहरुलाई खेल क्षेत्रको विकासमा विशेष ध्यान दिन आग्रह गरे । शारिरीक, मानसिक र समाजिक विकासमा खेलकुदको ठूलो हात रहेको उल्लेख गर्दे उनले खैल क्षेत्रमा लागेका युवाहरुले देश विकासमा योगदान दिन सक्ने दावी गरे ।
खेल क्षेत्रमा लाग्नेहरु शारिरीक, मानसिक रुपमा तन्दरुस्त र सामाजिक रुपमा सम्मानित हुने भएकाले उनीहरुबाट भावि पुस्ताले धेरै कुरा सिक्न सक्ने उनको भनाई थियो । उपमेयर बानियाँले विकास भनेको भौतिक संरचनाका निर्माणलाई मात्र बुझ्ने परम्पराको अन्त्य गर्नुपर्ने पनि बताए । उनले नगरका सम्पूर्ण वडाहरुलाई खेल क्षेत्रमा लगानी बढाउँन आग्रह गरे ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजन दाहाल खुशराज, बागमती प्रदेश खेलकुद परिषदका सदस्य माधव तिमल्सिना, जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी, १२ नम्बर वडाका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल, १३ नम्बर वडा अध्यक्ष पेम्बा लामा लगाएतको उपस्थिति रहेको थियो ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुष तर्फ १० र महिला तर्फ ९ वटा वडाका सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनल पुग्ने टोलीले पनि १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरुले नगद एकहजार ५ सय रुपैयाँ प्राप्त गर्ने संयोजक रुपाखेतीले बताए । प्रतियोगिताको लागि करिब ८ लाख ४६ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको अघिल्लो संस्करणमा महिला तथा पुरुष दुवैतर्फको उपाधि हेटौंडा १७ नम्बर वडाले जितेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







