Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अधिनायकवादी सत्ता ल्याउने कम्युनिष्टहरुको सपना पुरा हुन्न : देउवा

Sher-Bahadur-Deuba-1512032457.JPG

१४ मंसिर, हेटौँडा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा अधिनायकवादी सत्ता ल्याउने कम्युनिष्टहरुको सपना पुरा नहुने दावि गरेका छन् । उत्तरी मकवानपुरका पालुङमा संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले बाम गठबन्धनको नाममा कम्युनिष्टहरुले अधिनायकवादी एकतन्त्रीय शासन लागु गर्न खोजेको भन्दै उनीहरुको सपना जनताले पुरा हुन नदिने बताए । उनले नेपाली कांग्रेस २००७ सालदेखि हरेक खालका तानाशाही प्रवृत्ति विरुद्ध नेतृत्व गरेको भन्दै अहिले बाम गठबन्धनले ल्याउन खोजेको अधिनायकवादी व्यवस्थालाई जनताको साथबाट परास्त गर्ने बताए । उनले अहिलेको संविधान समावेशी संविधान भएको भन्दै बाम गठबन्धनले जिते संविधान उल्टाउने समेत जिकिर गरे ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले अहिलेको अधिनायकवाद विरुद्ध लोकतान्त्रिक गठबन्धन बनेको भन्दै देश विकासका लागि यो गठबन्धनको जित आवश्यक रहेको बताए । उनले लोकतान्त्रिक गठबन्धनले आगामी ५ बर्षभित्रमा नेपालको गरिवी, शोषण र विभेद अन्त्यका लागि काम गर्ने समेत दावि गरे ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँड, मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी डिना उपाध्याय, प्रदेश २ का उम्मेदवार पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, प्रदेश १ का उम्मेदवार यतिराज सापकोटा, उद्योगपति विनोद चौधरी लगायतले समग्र देशको विकासका लागि लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदाताहरु आकर्षित भईरहेको बताएका थिए । कार्यक्रमस्थल वरपर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार