Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा १८ का १८६ धारा खानेपानी बोर्डमा हस्तान्तरण

water-1681229127.PNG

२८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र उपभोक्ता समिति मार्फत सञ्चालनमा रहेका खोनेपानीका धाराहरु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण हुने क्रम बढेको छ । 
उपमहानगरपालिकामा पछि थपिएका तथा साविकका वडाहरुमा उपभोक्ता समिति मार्फत सञ्चालनमा रहेका धाराहरु बोर्डको सेवा चुस्तदुरुस्त भएपछि धमाधम बोडमा हस्तान्तरण हुन थालेका हुन् । 
यसैबीच मंगलबार हेटौंडा–१८, हर्नामाडीस्थित ठूलोदमारका १८६ वटा धारा बोर्ड मातहतमा हस्तान्तरण भएका छन् । हर्नामाडी डीप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत् रहेका १८६ वटा धारा बोर्ड मातहत हस्तान्तरण भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए । 
एक कार्यक्रमकाबीच उपभोक्ता समिति अध्यक्ष रामकृष्ण बानिया“ले बोर्ड अध्यक्ष प्रताप विष्टलाई सम्पूर्ण कागजात हस्तान्तरण गरेका हुन् । बोर्ड मातहत आएस“गै स्थानीयले न्यूनतम पानी महसुलमा छुट प्राप्त गर्नुका साथै धारा जडान शुल्कमा सहुलियत प्राप्त गर्नेछन् । हाल उपभोक्ता समितिमार्फत् धारा जडान गर्दा दशहजार रुपैयाँ तिर्दै आएका उपभोक्ताले अब ३८ सय ५० रुपैयाँ तिरे पुग्छ । 
‘अब उपमहानगरपालिकाले तोके अनुसारको न्यूनतम महसुल यसै महिनाबाट छुट गर्ने व्यवस्था मिलाउने छौं ।’, बोर्ड अध्यक्ष विष्टले मासिक दशहजार लिटरसम्म पानी नगरका उपभोक्तानले निःशुल्क प्राप्त गर्ने जानकारी दिए । उनले नगरभर रहेका उपभोक्ता समितिलाई विस्तारै बोर्डअन्तर्गत् ल्याउन छलफल भइरहेको पनि बताए । 
बोर्डका सूचना अधिकारी न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा हेटौंडा–१०, न्यूरेनीमा रहेको उपभोक्ता समितिको १५० वटा धारा, हेटौंडा–१४, बनेलधापमा रहेको २ लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी समेत बोर्ड मातहत आइसकेको छ ।  
यस्तै सूचना अधिकारी न्यौपानेले हेटौंडा–१३, पदमपोखरीस्थित ठूलोथली खानेपानी तथा उपभोक्ता समिति अन्गर्ततका एक हजारभन्दा बढी धारा बोर्ड मातहत चालु आर्थिक वर्षमै हस्तान्तरण हुने क्रममा रहेको जानकारी दिए । य
सैगरी हेटौंडा–१८, हर्नामाडीमा रहेको सहलगानी, भौडी खानेपानी र बुदुने, हेटौंडा–३, बसामाडीको मिलन टोल तथा हेटौंडा–६, कल्याणीटारस्थित खानेपानी उपभोक्ता समिति पनि बोर्ड मातहत आउने तयारी भइरहेको न्यौपानेले बताए । बोर्डले उपमहानगरपालिका भित्र हाल २३ हजार २७० धारामार्फत दैनिक १ करोड ८५ लाख लिटर पानी बोर्डले वितरण गर्दै आएको जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार