Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सामुदायिक वन उपभोक्ता महासंघ ईन्द्रसरोवरमा गौतमको नेतृत्व

rra-1681264526.jpg

२९ चैत, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, ईन्द्रसरोवरको दोश्रो स्थानीय अधिवेशनबाट सावित्री गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । 
समितिको उपाध्यक्षमा लिलिमाया भ्लोन सचिवमा राम बहादुर विष्ट र कोषाध्यक्षमा एकन बहादुर थोकर चयन भएका छन । यसैगरी अधिवेशनले जिल्ला प्रतिनिधिमा महिला तर्फ सावित्री गौतम, कान्छी गोले र लिलिमाया भ्लोन पुरुष तर्फ राम बहादुर विष्ट, सानुकान्छा थोकर र एकन बहादुर गोलेलाई चयन गरेको छ । 
यस्तै प्रदेश प्रतिनिधी महिला तर्फ सावित्री गौतम, कान्छी गोले र लिलिमाया भ्लोन र पुरुष तर्फ राम बहादुर विष्ट, सानुकान्छा थोकर र एकन बहादुर गोले चयन भएका छन । 
अधिवेशनको उदघाटन गर्दै ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले सामुदायिक वनले वनको संरक्षण गरेकै कारण वातावरण स्वच्छ भएको बताए । सामुदायिक वनको संस्थागत विकासमा गाउँपालिकाले सहयोग गर्ने बताउदै अध्यक्ष पुडासैनीले भने अव सामुदायिक वन समूहले  वनक्षेत्र भित्र रहेका जडीबुटीहरुको उपयोगमा ध्यान दिनु पर्छ । 
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाले सामुदायिक वनले आयआर्जन हुने काम गर्नु पर्ने बताउदै गाउँपालिकाले फलफूल खेती गर्न सामुदायिक वन समूहलाई सहयोग गर्ने बताईन ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय, ईन्द्रसरोवरका प्रमुख जियालाल यादव, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, महासंघकी सहजकर्ता सन्ध्या शिवाकोटी, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसने पौडेल, विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार