Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

संविधान बिरोधी गतिविधि बढे राज्य मुकदर्शक भएर बस्दैनः प्रदेश मन्त्री श्रेष्ठ

dds-1681301200.jpg

२९ चैत, सिन्धुपाल्चोक । बागमती प्रदेस सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्र र संविधान बिरोधी शक्तिहरूको अराजक हर्कत बढ्दै गए राज्य मुकदर्शक भएर नबस्ने चेतावनी दिएका छन् ।
बुधबार सिन्धुपाल्चोकको सुकुटेमा भएको सुरक्षा समितिको पदाधिकारी बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । बैठकमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
उलने संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान बिरोधिहरु सदन र सडकमा सक्रिय भइरहेको भन्दै त्यस्ता संविधान बिरोधीहरुको भ्रममा नपर्न पनि आग्रह गरे । मन्त्री श्रेष्ठले पञ्चायतकालीन ऐन, कानून र नियम अनुसार काम गर्नुपर्दा समस्या भैरहेको तर्फ सरकार गम्भिर रहेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार ऐन, कानून बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सवारी दुर्घटना, आत्महत्या, प्राकृतिक विपद्को व्यवस्थापन, वित्तीय अपराध, साइबर अपराध, नदीजन्य पदार्थको चोरी तस्करी, लागू औषध नियन्त्रण, महिला हिंसा जस्ता समस्याहरू प्रदेशका सुरक्षा चुनौतीको रूपमा रहेकाले यसतर्फ सजग रहन उनले सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन पनि दिए । 
मन्त्री श्रेष्ठले संघीय सरकारले संविधानमा व्यवस्था भए अनुसार प्रदेशलाई दिनुपर्ने अधिकार दिन कन्जुस्याइँ गरेकाले प्रदेश सरकारले परिणाममुखी काम गर्न नसकेको स्पष्ट पारे । उनले प्रहरी समायोजन तुरुन्तै हुनुपर्नेमा जोड दिए । 
बैठकमा सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रमुख जिल्ला अधिकारीहरू रमेश न्यौपाने, कोमल प्रसाद धमला र अनिता निरौलाले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे जानकारी गराएका थिए । मन्त्रालयका सचिव ध्रुव गैंडाको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका शान्ति सुरक्षा तथा कारागार महाशाखाका प्रमुख सुरेन्द्र कार्कीले प्रदेशको शान्ति सुरक्षाको अवस्थाबारे सहजिकरण गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

थप समाचार