Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

कांग्रेस नेता चेपाङको उपचारको लागी फिल्म च्यारिटी

sssa-1681304633.PNG

२९ चैत, हेटौंडा । मृगौला सम्बन्धि रोगबाट ग्रसित नेपाली कांग्रेस मकवानपुरका नेता रामकृष्ण चेपाङको उपचारका लागि फिल्मको विशेष प्रदर्शनी (च्यारिटी) हुने भएको छ । भोली बिहीबार चलचित्र बुलाकीको विशेष प्रदर्शन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । 
कांग्रेससहित विभिन्न पार्टीका नेताहरुले सञ्चालन गरेको रामकृष्ण चेपाङ बचाउ अभियानले नेपाली चलचित्र बुलाकीको विशेष प्रदर्शन गर्न लागेका हुन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ८ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष रहेका चेपाङ विगत करिब एक बर्षदेखि मृगौलाको विरामीका कारण घरमै आराम गर्दै आएका छन् । 
कांग्रेस नेता शंकर न्यौपानेको संयोजकत्वमा रामकृष्ण चेपाङ बचाउ अभियान सञ्चालन भैरहेको छ । ‘आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले मृगौला प्रत्यारोपण गर्न नसकेकोले वहाँको जीवन रक्षाको उद्देश्यसहित चलचित्रको विशेष प्रदर्शनी गर्न लागेका हौं’, न्यौपानेले भने, ‘यो अभियानमा कांग्रेस, स्वतन्त्र पार्टी लगायतका दलका नेताहरुले सहयोग गरिरहनुभएको छ ।’ 
टिकट विक्री र सहयोग प्रतिबद्धता वापतको रकम संकलन गरी चेपाङलाई हस्तान्तरण गरिने उनले बताए । दिउँसो साढे २ बजे ओम्याक्स हलमा विशेष प्रदर्शनी हुने जानकारी दिइएको छ । यसअघि नाई नभन्नु ल ६ को प्रदर्शन गर्ने भनिएपनि विशेष कारणले बुलाकी चलचित्र देखाउनुपरेको कांग्रेस नेता सुशान्त श्रेष्ठले जानकारी दिए । 
चेपाङको मृगौला ट्रान्सप्लान्ट र औषधिको लागि करिब ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेताहरु आनन्दराम पराजुली, ईश्वर पाठक, ईन्द्रकुमार बर्तौला, उत्सव इटेनी, स्वतन्त्र पार्टीका नेता टाकाराज थापा लगायतको उपस्थिती थियो ।
डाइलासिस गर्दैछु, चाँडै प्रत्यारोपण गर्नेछु: चेपाङ
कांग्रेस नेता रामकृष्ण चेपाङले नियमित डाइलासिस सेवा लिँदै आएको जानकारी दिँदै पैसाको जोहो हुने वित्तिकै मृगौला प्रत्यारोपण गर्ने जानकारी दिएका छन् । उनकै सहयोगका लागि आयोजना हुन लागेको बुलाकी चलचित्रको विशेष प्रदर्शनीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका उनले सहयोगका लागि आभार व्यक्त गरे ।
‘विगत एक वर्षदेखि उपचारको क्रममा छु । नियमित डाइलासिस सेवा लिइरहेको छु’, उनले भने, ‘आज पनि डाइलासिस गरेरै आएको हुँ । मलाई परेको दुःखको अवस्थामा अग्रज तथा साथीहरुले मेरो लागि सहयोग अभियान चलाउनुभएकोमा कृतज्ञ छु ।’ नेपाली कांग्रेस क्षेत्रीय सल्लाहकार समेत रहेका चेपाङ हेटौंडा ११ सुकुम्बासी बस्तीस्थित घरमा रहेर उपचारको काममा लगिपरेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

थप समाचार