Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

उपमहानगरद्वारा अन्तरपालिका फुटबलका विजेता खेलाडीलाई सम्मान

fdad-1681390700.PNG

३० चैत, हेटौंडा । हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा भएको दोश्रो अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकालाई प्रथम बनाउँने खेलाडिलाई सम्मान गरीएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको थियो । प्रतियोगितामा पालिकालाई उपाधि सहित २ लाख रुपियाँ नगद दिलाएका खेलाडि र अफिसीएललाई उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले सम्मान गरेका हुन् ।
खेलाडिलाई नगरप्रमुख लामा र उप प्रमुख बानियाँले प्रति व्यक्ति नगद ६ हजार ५ सय रुपियाँ सहित खादा लगाइदिएर सम्मान गरेका हुन् । खेलाडी सम्मान गर्दै प्रमुख लामाले खेल जिवनमा थप प्रगतीको शुभकामना दिइन् । उनले खेलकुदको बिकासका लागि उपमहानगर लागि रहेको भन्दै चालु आर्थिक बर्षमै ठुलो लगानी खेलकुदमा गरेको बताइन् । नगरमा खेलकुदको बिकासका लागि मैदान निर्माण, शारिरीक व्यामका लागि खुल्ला व्याम केन्द्र सहितको अबधारणामा उपमहानगर अघि बढेको जानकारी दिइन् ।
नगर खेलकुद बिकास समितिले उपमहानगरको तर्फबाट संयोजन गरेको प्रतियोगितामा सहभागि खेलाडिलाई थप पुरस्कारको रुपमा करिब ५ हजार बरारबको खेल जुत्ता (फुटबल वुट) दिने बताइएको छ । प्रतियोगितामा सहभागि भएर उपमहानगरपालिकालाई प्रथम बनाएकामा सम्पुर्ण खेलाडि तथा अफिसीएललाई नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहीले धन्यवाद दिएका थिए ।
कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सबिन न्यौपाने, हेटौंडा– ८ का अध्यक्ष रामकृष्ण थापा, ९ का अध्यक्ष सुकराम केसीको उपस्थिती रहेको थियो । अन्तरपालिका स्तरीय खेलमा हेटौंडा उपमहानगरपालिकाले मकवानपुर गढी गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै खेललाई आफ्नो पक्षमा पारेको थियो । जित हासिल गरेका टिमले शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।
 

fd-1681390704.PNG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार