Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चैनपुर जेसीजको क्यालेन्डर विमोचन 

calender-aa-1681535315.png

२ बैशाख, हेटौंडा । चैनपुर जेसीज (प्रस्तावित) ले नयाँ बर्ष २०८० को क्यालेन्डर विमोचन गरेको छ । जेसीजले प्रकाशन गरेको क्यालेन्डर शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रममा बीच विमोचन गरिएको हो । 
जेसीजको सम्पर्क सचिवालयमा भएको कार्यक्रमका बीच मकवानपुरमा रहेका ६ वटा जेसीज शाखा अध्यक्षहरुले संयुक्त रुपमा क्यालेन्डर विमोचन गरेका हुन् । 
चैनपुर जेसीज अध्यक्ष गणेशदर्पण अधिकारी, हेटौंडा जेसीज अध्यक्ष श्रवणकुमार बर्तौला, बसामाडी जेसीज अध्यक्ष जनक भण्डारी, पालुङ जेसीज अध्यक्ष संगम कार्की, बकैया जेसीज अध्यक्ष अमोद बस्नेत र मकवानपुरगढी जेसीज (प्रस्तावित) का अध्यक्ष पुष्पराज पुडासैनीले संयुक्त रुपमा क्यालेन्डर विमोचन गरेका हुन् । 
चैनपुर जेसीजका उपाध्यक्ष मनोज बिष्टको कार्यक्रम संयोजकत्वमा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी गाउँपालिका सभापति गोविन्द सापकोटा लगायतको आतिथ्यता थियो । चैनपुर जेसीज अध्यक्ष अधिकारीले क्यालेन्डर प्रकाशनमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै निर्माण गरिएको कार्ययोजना बमोजिम काम सहित नयाँ जेसीज स्थापनाको सार्थकता प्रमाणित गर्न लागिपरेको बताए ।
कार्यक्रममा हेटौंडा जेसीज अध्यक्ष बर्तौला, पालुङ अध्यक्ष कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए । क्यालेन्डर विमोचनसहित नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार