२ बैशाख, हेटौंडा । काठमाण्डौंमा हुने बागमती प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनि· शिल्डमा सहभागि हुने मकवानपुरे खेलाडीको शनिवार बिदाई गरीएको छ ।
जिल्ला स्तरीय प्रतियोगिताबाट छनौंटमा परेका बिभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसीएल टोलीलाई हेटौंडामा औपचारीक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले शुभकामना दिर्दै बिदाई गरेका हुन् ।
जिल्ला खेलकुद बिकास समिति मकवानपुरको परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले जिल्लामा बढि मात्रमा पदक ल्याउने मनसायका साथ मैदानमा उत्रन खेलाडीहरुलाई आग्रह गरीन् । खेलमा हार जित स्वभाबिक हो, तर आफ्नो आत्मबल बलियो बनाएर मैदानमा उत्रिए सफलता सम्भब भएको उनको भनाई थियो ।
गएको बर्षको तुलनामा खेलाडीहरुले राम्रो प्रदर्शन दिन आवश्यक रहेको भन्दै नगर प्रमुख लामाले आफ्नो कम्जोरी भन्दा पनि प्रतिश्पर्धिको कम्जोरी नियाल्न सके उपाधि आफ्नो बनाउन सकिने बताइन् ।
कार्यक्रममा उप प्रमुख बानियाँले जिल्लाको नामलाई अव्वल साबित गर्न आग्रह गरे । उनले प्रशिक्षकको ज्ञान र आफ्नो आत्मबललाई दरिलो साथ मैदानमा देखाउन सके उपाधि आफ्नो हुने बताए । उनले गत बर्षको तुलनामा सुधारीएको प्रदर्शन गर्न खेलाडिहरुलाई आग्रह गरे ।
काठमाण्डौंमा हुने १३ औं राष्ट्रपती कपमा मकवानपुरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिवल, कवडी, तेक्वान्दो, कराँते, उसुका कोच म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाई गरीएको हो । प्रतियोगितामा सहभागि हुने मकवानपुरका खेलाडीहरुलाई जिल्ला खेलकुद बिकास समितिले ६४ जना खेलाडिलाई ५ दिन बन्द प्रशिक्षणमा राखेको थियो । गत बर्ष मकवानपुरले ६ खेलमा ५ स्वर्ण हात पारेको थियो ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गिको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य माधब तिमल्सिना, हेटौंडा उवमहानगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहि जिल्लाका बिभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







