३ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आइतबार भएको ‘हेटौंडा रन’ दौड प्रतियोगिताको उपाधि हेटौंडा–१४, बनेलधापका उमेश गोङ्बाले जितेका छन् । नयाँ बर्षको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको ५ किलोमिटरको निर्धारित दुरी गोङ्वाले २० मिनेट ४ सेकेन्डमा पुरा गरेका हुन् ।
दौडमा प्रथम भएका सोमप्रसाद न्यौपाने जिल्ला बाहिरको भन्ने पुष्टि भएपछि दोस्रो स्थानमा रहेका गोङ्बा स्वतः प्रथम घोषित भएका हुन् । उनले उक्त दुरी १९ मिनेट ५५ सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा जिल्ला बाहिका खेलाडीले सहभागीता जनाउँन नपाउँने नियमका कारण प्रथम भएका न्यौपाने प्रतियोगिताबाट बाहिरिएका थिए ।
न्यौपाने बाहिरिएपछि भाग्यमानी सावित भएका गोङ्बाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सञ्जिव मिजार द्वितिय र सनिस लामा तृतीय भएका छन् । मिजारले निर्धारित दुरी २० मिनेट १० सेकेन्डमा र लामाले २० मिनेट १८ सेकेन्डमा दूरी पार गरेका हुन् । उनीहरुले पुरस्कार स्वरुप क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसैगरी प्रतियोगितामा सान्त्वना भएका सुमन आले मगर र निशान श्रेष्ठले १०÷१० हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतहरुलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड कान्तिराजपथको सानोपोखरा, पिप्ले हुँदै पुनः बुद्धचोकमा आएर समापन भएको थियो । प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)