Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

युवाहरुमा बानियाँमोह                         

हाँडीखोलामा भित्रिए  ४ सय ६० युवालाई काँग्रेसमा 

IMG_2267-1512102646.JPG

 

१५ मंसिर, हेटौँडा ।  लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर २ को २ बाट प्रदेशसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका १ र २ नम्बर वडा हाँडीखोलामा ४ सय ६० जनालाई काँग्रेस प्रवेश गराएका छन् । बिहीबार बिहान भएको चुनावीसभा कार्यक्रममा मनहरी १ बाट एमालेका नेता रघुनाथ अधिकारीको नेतृत्वमा १ सय ५१ जना र २ नम्बर वडामा ३ सय ९ जना एमाले तथा माओवादी केन्द्रका नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

एमालेबाट काँग्रेस प्रवेश गरेका अधिकारीलाई बानियाँले जिल्ला सदस्यमा मनोनित गरेको घोषणा गरे । काँग्रेसप्रति बढेको जनविश्वास र काँग्रेसको नेतृत्वमा भएको परिवर्तन एवम् विकास नै जिल्लामा लोकतान्त्रिक गठबन्धनको जितको आधार भएको उल्लेख गर्दै उनले काँग्रेसले जनताको मतको कदर गर्ने बताए । ‘मतदान भनेको आत्मदान हो, तपाइँले गरेको आत्मदानलाई काँग्रेसले उपेक्षा गर्ने छैन । अबको चुनावमा ढुक्क भएर काँग्रेसको पक्षमा मतदान गर्नूहोस्’, बानियाँले भने, ‘यस क्षेत्रको विकासको बिषयमा चुनावको समयमा मैले गरेको वाचा पूरा गर्न सकिन भने मलाई जुत्ताको माला लगाएर लखेटे हुन्छ ।’ कम्युनिष्टहरुले पटक पटक जितेर पनि विकास नभएको कारण निकै पछि परेको साविकको २ र ४ नम्बर क्षेत्र तथा अहिलेको २ नम्बर निर्वाचन क्षेत्रको विकासको लागि पार्टीका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय र आफू निर्वाचन लड्न आएको बताए । कम्युनिष्टहरुले जस्तो आश र त्रास देखाउन नभै मकवानपुरको विकास गर्नको लागि काँग्रेसका उम्मेदवारहरु एकढिक्का भएर अघि बढेको भन्दै उनले विकास र समृद्धि एवम् रोजगारीको निम्ति रुख चिन्हमा मतदान गर्न अनुरोध गरे ।

कार्यक्रममा काँग्रेस नेता भरत पराजुली, स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार रहेका शङ्कर न्यौपाने, राप्रपाका नेता सिताराम बर्तौलालगायतले पटक पटक कम्युनिष्टलाई जिताएका मतदाताले यस पटक काँग्रेसलाई जिताएर आफ्नो क्षेत्रको मुहार फेर्न अनुरोध गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार