१५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर २ को २ बाट प्रदेशसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका १ र २ नम्बर वडा हाँडीखोलामा ४ सय ६० जनालाई काँग्रेस प्रवेश गराएका छन् । बिहीबार बिहान भएको चुनावीसभा कार्यक्रममा मनहरी १ बाट एमालेका नेता रघुनाथ अधिकारीको नेतृत्वमा १ सय ५१ जना र २ नम्बर वडामा ३ सय ९ जना एमाले तथा माओवादी केन्द्रका नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
एमालेबाट काँग्रेस प्रवेश गरेका अधिकारीलाई बानियाँले जिल्ला सदस्यमा मनोनित गरेको घोषणा गरे । काँग्रेसप्रति बढेको जनविश्वास र काँग्रेसको नेतृत्वमा भएको परिवर्तन एवम् विकास नै जिल्लामा लोकतान्त्रिक गठबन्धनको जितको आधार भएको उल्लेख गर्दै उनले काँग्रेसले जनताको मतको कदर गर्ने बताए । ‘मतदान भनेको आत्मदान हो, तपाइँले गरेको आत्मदानलाई काँग्रेसले उपेक्षा गर्ने छैन । अबको चुनावमा ढुक्क भएर काँग्रेसको पक्षमा मतदान गर्नूहोस्’, बानियाँले भने, ‘यस क्षेत्रको विकासको बिषयमा चुनावको समयमा मैले गरेको वाचा पूरा गर्न सकिन भने मलाई जुत्ताको माला लगाएर लखेटे हुन्छ ।’ कम्युनिष्टहरुले पटक पटक जितेर पनि विकास नभएको कारण निकै पछि परेको साविकको २ र ४ नम्बर क्षेत्र तथा अहिलेको २ नम्बर निर्वाचन क्षेत्रको विकासको लागि पार्टीका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय र आफू निर्वाचन लड्न आएको बताए । कम्युनिष्टहरुले जस्तो आश र त्रास देखाउन नभै मकवानपुरको विकास गर्नको लागि काँग्रेसका उम्मेदवारहरु एकढिक्का भएर अघि बढेको भन्दै उनले विकास र समृद्धि एवम् रोजगारीको निम्ति रुख चिन्हमा मतदान गर्न अनुरोध गरे ।
कार्यक्रममा काँग्रेस नेता भरत पराजुली, स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार रहेका शङ्कर न्यौपाने, राप्रपाका नेता सिताराम बर्तौलालगायतले पटक पटक कम्युनिष्टलाई जिताएका मतदाताले यस पटक काँग्रेसलाई जिताएर आफ्नो क्षेत्रको मुहार फेर्न अनुरोध गरे ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...







-1792888897.jpg)




-nepal-1792111426.jpg)




