१२ भदौ, हेटौँडा । तीजको मौलिकता र वर्तमानमा मनाईने तीजको विषयमा अध्ययन गर्न जरुरी रहेको आईतबार हेटौंडामा आयोजित अन्तरक्रियाका सहभागीहरुले बताएका छन् । क्रियशील पत्रकार महिला मकवानपुरले आयोजना गरेको छलफलका सहभागीहरुले यस्तो बताएका हुन् ।
तीजको सांस्कृतिक पक्ष र पत्रकार महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै क्रियाशील पत्रकार महिलाकी केन्द्रीय अध्यक्ष शुभेच्छा विन्दु तुलाधरले तीजको नाममा विकृति बढ्दै गएको र त्यसले महिलाको पेशागत जीवनमा पछाडी पारेको बताए । एक महिना अघिदेखि हुने दर खाने कार्यक्रमले महिलाहरुलाई त्यतै व्यस्त गराउने र उनीहरुलाई आफ्नो पेशामा लागिरहन वाधा देखिएकोले स्वयम् महिलालाई पछाडी पारेको धारणा राखे ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष भानुभक्त आचार्यले तीजको नाममा विकृतिले स्थान पाईरहेको बताए । यस्तै, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एवम् क्रियाशील पत्रकार महासंघ मकवानपुरका सल्लाहकार नानीमैया विष्टले तीज मनाउने तरिकाले गर्दा गरिब र सम्पन्न परिवारका महिलाहरुबीचको दुरी झनै बढ्दै गएको बताए । पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर, सदस्यद्वय सुरेश श्रेष्ठ र बालकृष्ण अधिकारीले तीजको नाममा भईरहेको अस्वभाविक छाडापनलाई मिडियाले दुरुत्साहन गर्न जरुरी रहेको विचार व्यक्त गरे । यस्तै, पत्रकार भावना रिजाल श्रेष्ठ र मिना श्रेष्ठले तीज मान्ने क्रममा हुने महिलाका तडकभडक र देखावटी प्रतिस्पर्धालाई स्थान दिन नहुने भन्दै संस्कृतिको जगेर्ना गर्ने हिसाबले तीज मनाउनमा प्रोत्साहन गर्नुपर्ने बताए ।
कार्यक्रमका सहभागीहरुले तीजको सांस्कृतिक पक्ष, गरिबीमा भएका महिलाका तीज, गाउँको समस्या जस्ता कुराहरुलाई पनि सञ्चार माध्यम र सञ्चारकर्मीले स्थान दिनुपर्ने भन्दै अनावश्यक तडकभडकलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका थिए । क्रियाशील पत्रकार महिला मकवानपुरका उपाध्यक्ष रेश्मी कार्कीको सभाध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




