Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एकसय १७ जना काँग्रेसमा प्रवेश

सिप विकास केन्द्र स्थापना डिनाको अठोट

Dina-Didi-1512134107.jpg

१५ मंसिर, हेटौँडा । आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले रोजगारी सृजनाको लागि प्रत्येक गाउँपालिकामा सीप विकास केन्द्र स्थापना गर्ने उद्घोष गरेकी छिन् । 
शुक्रबार मनहरी गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेमा भएको चुनावीसभामा उनले नेपाली समाजमा बेरोजगारी समस्याले जरो गाडेको भन्दै उनले हरेक गाउँपालिकामा सीप विकास केन्द्र स्थापना गर्ने बताएकी हुन् । पटक पटक जितेर विकासको नाममा केही नगरेका र गाउँ फर्केर नआएकाहरुले अहिले गरिब जनतामाथि कम्बल र चामल बाँड्दै भोटको राजनीति गरिरहेको आरोप लगाइन् । ‘तपाइहरु यही अवस्थामा रहन चाहने, सँधै अरुसंग चामल र कम्बलको आश गरिरहने की समृद्धि एवम् विकास चाहने अब रोज्ने बेला आएको छ’, काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी डीनाले भनिन् । उनले निर्वाचन जितेर गएपछि बर्षौ फर्किएर नआएका कम्युनिष्टहरु चामसंग भोट साट्ने आएको बताईन् । ग्रामीण क्षेत्रको महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाइन् ।
यस्तै काँग्रेसले मकवानपुरको लागि पठाएका केन्द्रीय प्रतिनिधि पूर्व सभासद् जीवनप्रेम श्रेष्ठले समृिद्ध र विकास रोज्ने कि निरंकुशता ? भन्ने जनताको हातमा रहेको बताउँदै विकास र समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । 
प्रदेशसभा सदस्यका उम्मेदवार काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले चुनाव जितेपछि हाँडीखोलाको प्रत्येक वडाको विकासको लागि १०/१० करोड बजेट विनियोजन गरिने बताउँदै यो अवसरबाट वञ्चित नहुन अनुरोध गरे । यसअघि जितेर पनि केही गर्न नसकेकाहरु अहिले जात र भुगोलको कुरा गरेर जनता झुक्याउन आइरहेको भन्दै बानियाँले सचेत रहन मतदातालाई अनुरोध गरे ।
लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधीसभाको लागि समानुपातिक उम्मेदवार राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिँहले ३ पटक जितेका विरोध खतिवडाले जनताको लागि केही गर्न नसकेको भन्दै उनले फेरि पुरानै ठूल्ठूला नारा लिएर जनता झुक्याउन घरदैलोमा व्यस्त रहेको आरोप लगाए । यसअघि जनताको मतसहित जितेर गएका खतिवडा १७ बर्ष पछि बल्ल गाउँ आएको भन्दै उनले अब फेरि उही नेतालाई जिताउने गल्ती नगर्न अनुरोध गरे । यस्तै अर्का समानुपातिक उम्मेदवार काँग्रेसका पवित्रा विश्वकर्माले लोकतन्त्रको रक्षा एवम् मकवानपुरको विकास र समृद्धिको लागि लोकतान्त्रिक शक्तिलाई मतदान गर्नु आवश्यक रहेको बताइन् । गठबन्धनका चुनावी अभियानका संयोजक पवन खड्काको संयोजकत्व एवम् ४ नम्बर क्षेत्रीय प्रचारप्रसार संयोजक भरत पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेता भीमसेन महत, लोक मुक्तान, राप्रपाका नेता कमल दोङलगायतले फेरि कम्युनिष्टलाई जिताएर विकासमा सँधै पछि नपर्न अनुरोध गर्दै लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न अनुरोध गरे ।
एकसय १७ जना काँग्रेसमा प्रवेश
हाँडीखोलाको मसिनेमा भएको लोकतान्त्रिक गठबन्धनको कार्यक्रममा मनहरी–३ बाट नवराज शाही ठकुरीको नेतृत्वमा र ४ नम्बर वडाबाट उज्वल बिष्टको नेतृत्वमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी एकसय १७ जना काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, प्रदेशसभा सदस्यका उम्मेदवार काँग्रेस जिल्ला सभापति इन्द्रबहादुर बानियाँलगायतले टीका र खादा लगाएर काँग्रेसमा स्वागत गरेका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार