Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमती प्रदेश प्रमुख समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

Screenshot_20230420_15241-1681983638.jpg

७ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगले बिहीबार आफ्नो तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य रीना रानाले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेकी हुन् ।
प्रतिवेदन पेश गर्दै आयोगका सदस्य रानाले आदिवासी जनजाति समुदायको इतिहास र संस्कृतिको पहिचान गर्दै उनीहरूको हकहित र अधिकारको संरक्षण, संवर्धन तथा सशक्तीकरण गर्न आयोग लागि परिरहेको बताईन् ।
भौतिक तथा अभौतिक संस्कृति संरक्षण र संवर्धनका निम्ति जीवित संग्रहालयको स्थापना एवं परिचालन सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने काममा आफूहरु लागिपरेको सदस्य रानाले बताईन् ।
उनले आदिवासी जनजाति समुदायको हक हितको संरक्षण, संवर्धन र सशक्तीकरणको लागि विभिन्न आवश्यक अभियानका लागि आफूहरु लागिपरेको बताउँदै यस्ता अभियानमा प्रदेश प्रमुखबाट अभिभावकीय सहयोग तथा समन्वयको भूमिका पाउने अपेक्षा गरिन् ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २६१ मा आदिवासी जनजाति आयोगको व्यवस्था भए बमोजिम आयोगको काम, कर्तव्य र अधिकार बमोजिम आयोग अघि बढिरहनेमा विश्वास व्यक्त गरे । संवैधानिक प्रावधान बमोजिम आयोगले निरन्तर आफ्नो वार्षिक प्रतिवेदन पेश गर्दै आइरहेकोमा खुशी व्यक्त गर्दै प्रमुख शर्माले आदिवासी जनजातिका हक अधिकारको संरक्षण तथा उनीहरुको सशक्तीकरण गर्न आवश्यक योजनाका साथ अघि बढ्न आयोगलाई सुझाव दिए ।
आयोगको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र हक अधिकारको संरक्षण तथा प्रथा परम्परा लगायतका क्षेत्रमा नीतिगत व्यवस्था गरी कार्य सम्पादन गर्न पञ्चवर्षीय रणनीतिक योजना (२०७८/२०८३) तर्जुमा गरेको जनाइएको छ ।
आयोगको वार्षिक प्रतिवेदनका सिफारिसहरु कार्यान्वयन गर्नका लागि सबै प्रदेश प्रमुख र स्थानीय तहमा पठाइएको पनि आयोगको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विना विभागीय मन्त्री आले ४३ दिनदेखि जिम्मेवारी बिहिन
IMG-20240402-WA0000-1715649743.jpg

सुनिल शिवाकोटी १ जेठ, हेटौंडा । रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी विहिन छिन् । बागमती...

क्याम्पाडाँडाको संरचना खाली गर्न मंगलबार बिहान सम्मको समय
FB_IMG_1715528824954-1715612753.jpg

३१ बैशाख,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना सोमबार भत्काइने जानकारी दिएको ...

जसपाबाट सरकारमा सहभागी मन्त्रीले लिए शपथ
Screenshot_20240513_20135-1715610541.jpg

३१ बैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालबाट फुटेर बनेको जसपाबाट सरकारमा...

कांग्रेसको मनहरी र हेटौंडामा अगुवा कार्यकर्ता भेला
Screenshot_20240513_20020-1715609846.jpg

३१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा १९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता...

माग सम्बोधन नभए कांग्रेसले नीति तथा कार्यक्रम ल्याउन नदिने
congress.jpg-16-1715600834.jpg

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा आफ्नो माग अनुसारको संसदीय छानबिन समिति नबनेसम्म नीति तथा...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat-kumar-karki-768x46-1715599966.jpg

३१ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा...

उपेन्द्रद्वारा निर्वाचन आयोगविरूद्ध सर्वोच्चमा रिट दायर
img-04-1715598670.jpg

३१ बैशाख, हेटौंडा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा...

बागमती प्रदेशसभामा एक अध्यादेश पेश
Screenshot_20240513_16173-1715596834.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशसभामा एक अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा सामाजिक विकासमन्त्री कुमारी...

कांग्रेसद्वारा कोशी प्रदेशसभाको बैठक बहिष्कार
koshi-pradesh-sava-1715594588.jpg

३१ बैशाख, बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक बहिष्कार गरेको...

थप समाचार