Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एसिसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा ओमान पराजित

Screenshot_20230421_19540-1682086303.jpg

८ बैशाख, काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हासिल गरेको छ । शुक्रबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले आफ्नो रवाफिलो यात्रा जारी राख्ने क्रममा ओमानविरुद्ध फराकिलो जित निकाल्दै लगातार दोस्रो जितसहित समूह ‘ए’को शीर्ष स्थानमा कायम रह्यो ।
नेपालको फराकिलो जितमा कुशल मल्लले आफ्नो करिअरको पहिलो शतक प्रहार गर्दा सन्दीप लामिछानेले सर्वाधिक चाँडो १०० विकेटको कीर्तिमान बनाए। उनले ४२ इनिङमा १०० विकेट लिँदै अफगानी स्टार रासिद खानको रेकर्ड ब्रेक गरे। रासिदले ४४ इनिङमा १०० विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। जवाफमा ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २२६ रनमा समेटियो।
ओमानका लागि मोहम्मद नदिमले ६५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, सन्दीप गौडले ४६ रन बनाएका थिए। त्यस्तै, फायाज बटले १९ रन बनाउँदा आयान खानले २९ रन बनाएका थिए। नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लको शतकीय इनिङ र सोमपाल कामीको ६३ रनको अविजित इनिङमा नेपालले ओमानलाई एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक उच्च स्कोरको लक्ष्य दिएको थियो। नेपालले पहिलो पटक ३ सय रनको आँकडा पूरा गरेको खेलमा सन्दीपले एक सय विकेटको कीर्तिमानसमेत बनाए ।
खराब शुरुवातका बाबजुत अलराउन्डर कुशल मल्लले करिअरको पहिलो शतक प्रहार गरेका थिए। ५९ बलमा शतक प्रहार गरेका उनले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १०८ रनबनाएर आउट भए। उनी नेपालका लागि सर्वाधिक कम बलमा शतक प्रहार गर्ने खेलाडीसमेत बने।
मल्लले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा छैटौं शतक पूरा गरे। उनी अघि नेपालका लागि पारस खड्का, रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका छन्। उनीबाहेक सोमपाल कामीले सानदार अर्धशतक बनाउन सफल भए। कामी ४८ बलमा ९ चौकाको सहयोगमा ६३ रन बनाएर अविजित रहे। उनलाई करण केसीले २९ रनमा साथ दिए। यी दुईबीच नवौं विकेटका लागि ६१ रनको अविजित साझेदारी भएको हो।
त्यस्तै, नेपालका लागि भीम सार्कीले ५६ बलमा ३३ रन बनाउँदा आरिफ शेखले ४३ बलमा २९ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा कप्तान रोहित पौडेलले २३ रन बनाउँदा करण केसी २९ रनमा अविजित रहे। त्यसअघि खराब सुरुवात गरेको नेपाल खाता नखोल्दै दुई विकेट गुमाउन पुगेको थियो।
ओपनरहरु कुशल भुर्तेल र आसिफ शेख शून्य रनमा आउट भएका थिए। नेपालले पाँचौं ओभरमा मात्र पहिलो रन जोड्न सफल भएको थियो। ओमानका लागि आयान खानले २ विकेट लिँदा विलाल खान, कलेमुल्लाह, जेसन मसुद, फायद बट, अकिब इलियस र जितिन्द्र सिंहले समान १-१ विकेट लिएका थिए। ओमानका अकिब इलियस रिटायर्ड हर्ट भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार