Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एसिसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा ओमान पराजित

Screenshot_20230421_19540-1682086303.jpg

८ बैशाख, काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हासिल गरेको छ । शुक्रबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले आफ्नो रवाफिलो यात्रा जारी राख्ने क्रममा ओमानविरुद्ध फराकिलो जित निकाल्दै लगातार दोस्रो जितसहित समूह ‘ए’को शीर्ष स्थानमा कायम रह्यो ।
नेपालको फराकिलो जितमा कुशल मल्लले आफ्नो करिअरको पहिलो शतक प्रहार गर्दा सन्दीप लामिछानेले सर्वाधिक चाँडो १०० विकेटको कीर्तिमान बनाए। उनले ४२ इनिङमा १०० विकेट लिँदै अफगानी स्टार रासिद खानको रेकर्ड ब्रेक गरे। रासिदले ४४ इनिङमा १०० विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। जवाफमा ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २२६ रनमा समेटियो।
ओमानका लागि मोहम्मद नदिमले ६५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, सन्दीप गौडले ४६ रन बनाएका थिए। त्यस्तै, फायाज बटले १९ रन बनाउँदा आयान खानले २९ रन बनाएका थिए। नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लको शतकीय इनिङ र सोमपाल कामीको ६३ रनको अविजित इनिङमा नेपालले ओमानलाई एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक उच्च स्कोरको लक्ष्य दिएको थियो। नेपालले पहिलो पटक ३ सय रनको आँकडा पूरा गरेको खेलमा सन्दीपले एक सय विकेटको कीर्तिमानसमेत बनाए ।
खराब शुरुवातका बाबजुत अलराउन्डर कुशल मल्लले करिअरको पहिलो शतक प्रहार गरेका थिए। ५९ बलमा शतक प्रहार गरेका उनले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १०८ रनबनाएर आउट भए। उनी नेपालका लागि सर्वाधिक कम बलमा शतक प्रहार गर्ने खेलाडीसमेत बने।
मल्लले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा छैटौं शतक पूरा गरे। उनी अघि नेपालका लागि पारस खड्का, रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका छन्। उनीबाहेक सोमपाल कामीले सानदार अर्धशतक बनाउन सफल भए। कामी ४८ बलमा ९ चौकाको सहयोगमा ६३ रन बनाएर अविजित रहे। उनलाई करण केसीले २९ रनमा साथ दिए। यी दुईबीच नवौं विकेटका लागि ६१ रनको अविजित साझेदारी भएको हो।
त्यस्तै, नेपालका लागि भीम सार्कीले ५६ बलमा ३३ रन बनाउँदा आरिफ शेखले ४३ बलमा २९ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा कप्तान रोहित पौडेलले २३ रन बनाउँदा करण केसी २९ रनमा अविजित रहे। त्यसअघि खराब सुरुवात गरेको नेपाल खाता नखोल्दै दुई विकेट गुमाउन पुगेको थियो।
ओपनरहरु कुशल भुर्तेल र आसिफ शेख शून्य रनमा आउट भएका थिए। नेपालले पाँचौं ओभरमा मात्र पहिलो रन जोड्न सफल भएको थियो। ओमानका लागि आयान खानले २ विकेट लिँदा विलाल खान, कलेमुल्लाह, जेसन मसुद, फायद बट, अकिब इलियस र जितिन्द्र सिंहले समान १-१ विकेट लिएका थिए। ओमानका अकिब इलियस रिटायर्ड हर्ट भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार