Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका राजनीतिक दलको मतदाता शिक्षामा भरपुर जोड

निर्वाचन कार्यालय मकवानपुरको मतदाता शिक्षा तिब्रता

24321820_1474346959317276-1512138135.jpg

१५ मंसिर, हेटौंडा । मकवानपुरका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउनको लागि मतदाता शिक्षामा भरपुर जोड दिएको बताएका छन् । शुक्रबार हेटौंडामा हाम्रा कुरा डटकमले आयोजना गरेको राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उनीहरुले यस्तो बताएका हुन्  
    
छलफल कार्यक्रममा बोल्दै नेपाली काँग्रेस मकवानपुरका उप सभापति एवं लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक विष्णु लामिछानेले काँग्रेसले मतदाता शिक्षामा गाउँ, टोल र नगर नगरमा पुगेर मतदान गर्न नजान्ने मतदाताहरुलाई मतदान गर्न सिकाउने गरिएको जानकारी दिए । उनले आफूहरुको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको भन्दै बदरमत धेरै कम हुँदा पनि काँग्रेसको जीतको सम्भावना धेरै बढेर जाने बताए । उनले नेपाली काँग्रेस र लोकतान्त्रिक गठबन्धनको पक्षमा दिनप्रतिदिन माहोल बढ्दै गएकोले हेटौंडाका प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फका गरी ६ वटै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धन विजयी हुने दाबी पनि गरे ।  

त्यस्तै, कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य रामचन्द्र राईले पनि आफूहरु मतदाता शिक्षामा बढी केन्द्रीत रहेर घरदैलो अभियानमा लागेको बताए । बाम गठबन्धनलाई मकवानपुरको जम्मा ६ वटै सिटमा विजयी गराउनको लागि मतदाता शिक्षामा नै जोड दिनु पर्ने देखेर आफूहरुले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको उनले दाबी गरे । घरदैलो अभियानको क्रममा एमालेप्रति देखिएको मतदाताको मोहका कारण मकवानपुरमा एमालेका उम्मेदवारहरु विजयी हुनेमा आफूहरु ढुक्क रहेको उनले बताए । 

राप्रपाका केन्द्रीय सदस्य तथा प्रदेश तर्फका समानुपातिक उम्मेदवार मधु अधिकारीले पनि आफूले काँग्रेससँगै मिलेर लोकतान्त्रिक गठबन्धनले संयुक्त रुपमा मतदाता शिक्षा र प्रचारप्रसारमा लागेको बताएका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरमा समेत उम्मेदवारी दिएका अधिकारीले राप्रपाको पकड क्षेत्र मानिएको जिल्लामा अझ काँग्रेससँग समेत मिलेपछि लोकतान्त्रिक गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने दाबी पनि गरे । काँग्रेससँग मिलेर आफूहरुले पनि प्रभावकारी रुपमा मतदाता शिक्षालाई अघि बढाएको उनले बताए । 

कार्यक्रममा संघीय समाजवादी फोरमको प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार एवं केन्द्रीय सदस्य कृष्ण कुमार घलानले मतपत्र ३ किसिमको भएकोले मतदाताहरु झुक्किने देखेर आफूहरुले त मतदान गर्न सिकाउनको लागि एउटा समिति नै बताएर गाउँ गाउँ र टोल टोलमा पठाएको बताए । 

त्यस्तै, जिल्ला समन्वय तालिम कर्ता राजेश घिमिरेले, जिल्ला निर्वाचन कार्यालय मकवानपुरले तीब्र रुपमा मतदाता शिक्षाको काम गरिरहेको भन्दै मतदान गर्न नजान्नेहरु धेरै रहेको भन्ने ठाउँमा नमूना मतदान समेत गरेर मतदान गर्न सिकाउने गरेको बताए । उनले अहिले जिल्लाभरीका विभिन्न ५ स्थानमा नमूना मतदान गरिएको भन्दै सो मतदानमा प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको समानुपातिक मतपत्रमा बढी बदर भएको बताए । उनका अनुसार नमूना मतदानमा १० प्रतिशत मत बदर भएको थियो । 

मतदाता शिक्षामा खटाईएका कर्मचारीहरुले त पार्टीको पक्षमा पक्षपोषण गरेर मतदाता शिक्षा दिने गरेको भन्ने पत्रकारको आरोपको खण्डन गर्दै घिमिरेले त्यस्तो पाईए निर्वाचन आचारसंहिता विपरित काम गरेको कसुरमा उनीहरु विरुद्ध कारबाही गरिने जानकारी दिए । उनले मतदाता शिक्षा सम्बन्धी विषयमा हाम्राकुरा डटकमले गरेको अन्तक्र्रिर्या कार्यक्रमले पनि मतदाता शिक्षा अभियानमा सहयोग पुर्याउने भन्दै हाम्राकुरालाई धन्यवाद ज्ञापन गरे । 
 
हाम्राकुरा डटकमका मकवानपुर प्रतिनिधि सुनिल शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पत्रकार महासंघका जिल्ला उपाध्यक्ष कुमार अधिकारीले मतदाता शिक्षा अझै पनि पर्याप्त नरहेको भन्दै निर्वाचन आयोगले मतदाता शिक्षामा अनुगमन गर्ने र यो कामलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा मकवानपुरमा कार्यरत विभिन्न पत्रकारहरुको सहभागिता रहेको थियो । 

हाम्राकुरा डटकमले मुलुकका महत्वपूर्ण शहरहरुमा पुगेर यसरी नै विभिन्न दलका प्रतिनिधिहरुसँग चुनावी तयारीको बारेमा यसैगरी अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दै आएको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार