Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

कामधेनुको वार्षिकोत्सव विभिन्न ब्यक्तिहरु सम्मानित

Screenshot_20230423_18400-1682254525.jpg

१० बैशाख, हेटौडा । हेटौडा–६,चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव  सम्पन्न गरेको छ । सहकारीको वार्षिकोत्समा विभिन्न ब्यक्तिहरुलाई सम्मान पनि  गरिएको छ । 

हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय बिडारीको सभाध्यक्षतामा कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव प्रसाद गौतम, सचिव भीमसेन पौडेल, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सदस्य धन बहादुर गौतम,राजकुमार बिडारी,राधिका गौतम र शर्मिला ढकाललाई सम्मान गरेको छ। त्यसैगरि अनुगमन समितिका संयोजक गौरबकुमार पराजुली, सदस्य श्रीराम कँडेल, बद्री प्रसाद गौतम, कल्पना पराजुली र शर्मिला सुनदासलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।

त्यसैगरी हेटौडा–६ नम्बर वडा कार्यालयले     संस्थालाई  प्रदान गरिएको  कम्प्युटर वडा अध्यक्ष विष्णु बहादुर दाहालले  संस्थाका अध्यक्ष उदय बिडारीलाई हस्तान्तरण गरेका थिए।
संस्थाको आर्थिक पाटोलाई ब्यवस्थित र पारदर्शी बनाउन हेटौडा–६ नम्बर वडा कार्यालयले संस्थालाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो।
कार्यक्रममा हेटौडा–६ चुच्चेखोला निवासी एकल महिला ठूलीमाया दमिनिलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । संस्था सञ्चालक समिति, लेखा समिति, सल्लाहकार र शेयर सदस्यहरुबाट संकलन गरिएको १२ हजार ५ सय रुपैयाँ निजलाइ प्रदान गरिएको थियो ।कार्यक्रममा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, भूमि आयोग मकवानपुरका सदस्य अर्जुन प्रसाद चौलागाई, संस्थापक अध्यक्ष बासुदेव सापकोटा, सल्लाहकार गौरब कुमार पराजुली, हिमाल पौडेल, नेपाल वातावरण पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणीराज गौतम, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, प्रगतिशिल महिला आपसी विकास संस्थाकी उपाध्यक्ष गायत्री घिमिरे, संस्थाका उपाध्यक्ष उदय प्रकाश दहाल, ब्यवस्थापक भीमसेन पौडेल, शेयर सदस्य, शुभचिन्तक लगायतको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

थप समाचार