१६ मंसिर, हेटौँडा । अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ को समूह विभाजन सार्वजनिक भएको छ । सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१ औं संस्करणको विश्वकप फुटबलको गएराति निकालिएको ‘ड्र’ अनुसार उद्घाटन खेल आयोजक रुस र साउदी अरेबिया बीच हुने छ ।
हिजो सार्वजनिक गरिएको ‘ड्र’ अनुसार फ्रान्स, डेनमार्क र पेरु रहेको समूह ‘सी’ लाई गु्रफ अफ डेथको रुपमा हेरिएको छ । यस समूमा फिफा ¥याङकिङ अनुसार फ्रान्स नवौं, पेरु एघारौं र डेनमार्क बाह्रौंमा रहेका छन् । यस्तै युरोकप विजेता पोर्चुगल रहेको समूह ‘बी’ मा साविक विश्वकप विजेता स्पेन पनि रहेको छ ।
त्यस्तै अर्जेन्टिना रहेको समूह ‘डी’ लाई पनि कठिन समूहको रुपमा हेरिएको छ । विश्वकपका लागि फिफाको ६ महादेशका २०९ राष्ट्रले विभिन्न चरणको छनोट चरण पार गर्दै ३२ टोलीको टुंगो लागेको हो । हरेक समूहमा ४ टोली रहका छन् ।
रुस विश्वकपमा यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा दक्षिण अमेरिका, एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन् । उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाए । यो पटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले स्थान बनाउन सकेनन् ।
समूह ‘ए’ मा आयोजक रुस सँगै साउदी अरब, इजिप्ट र उरुग्वे रहेका छन् । यस्तै समूह ‘बी’मा पोर्चुगल, स्पेन, मोरोक्को र इरान छन् भने, समूह ‘सी’मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् । त्यस्तै समूह ‘डी’मा– अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया तथा समूह ‘ई’ मा ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टा रिका र सर्विया रहेका छन् ।
समूह ‘एफ’ मा जर्मन सँगै मेक्सिको, स्वीडेन र दक्षिण कोरिया छन् भने, समूह ‘जी’मा बेल्जियम, पानमा, ट्युनिसिया र इंग्ल्याण्ड रहेका छन् । त्यस्तै समूह ‘एच’मा पोल्याण्ड, सेनेगल, कोलम्विया र जापान रहेका छन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)