१३ भदौ, हेटौँडा । पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो कार्यकालमा विकासका धेरै विषय उठाए । त्यसमध्ये नेपालले महासागरमा पानीजहाज चलाउने भन्दै उनले भाषण गरेका थिए । पूर्वप्रधानमन्त्री ओलीको भाषणलाई लिएर यसपाली तीजको गीत बजारमा आएका छन् । धनकुमारी थापा ‘सरु’ ले ‘नेपालको पानीजहाज’ एल्बम बजारमा ल्याएकी छिन् । मनोजसिंह धामीको शव्द/संगित रहेको गीतमा भनिएको छ ।
पूर्वपश्चिम रेल चाईनाबाट तेल, नेपालको पानीजहाज चल्ने भयो रे
नेता ज्यूले भनेको नेपालको पानीजहाज चल्ने भयो रे ।
हाँस्यकलाकार दमन रुपाखेतिलाई भिडियोमा प्रस्तुत गरिएको गीतमा सर्टिफिकेट राखेर ऋण, हावाबाट विजुली, घरघरमा ग्याँसको पाईप जस्ता विषयलाई पनि व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । कृषिमा लगानी गर्ने भनिएको विषय पनि गीतमा उल्लेख छ ।
युवा विदेश बाँझै छ जग्गा नि, गर्ने अरे कृषिमा लगानी
हावाबाट विजुली बल्ने भयो रे ।
सर्वसाधारणले भने धाराको पाईपमा पानी नआउने जमानामा ग्याँस पाईने भो भन्दै व्यंग्य गरेका छन् । उनीहरुले जाजरकोटमा जीवनजल नपाउँदा पखाला लागेर जनताले मृत्युवरण गर्नुपरेको विषयलाई समेत उठाएका छन् ।
त्यसैगरी, गायक सितल शर्माले ‘पानीजहाज’ बजारमा ल्याएका छन् । उनले पनि ओलीका विकासे भाषणलाई प्रस्तुत गरेका छन् ।
हाम्रो देशले पानीजहाज चलाउने भा छ, नपत्याए हेर मैया पत्रिकामा आ’छ
अब त हामी को भन्दा कम....
हाँस्यकलाकार राजु मास्टरलाई भिडियोमा प्रस्तुत गरिएको गीतमा ग्याँस सिद्धिएको विषयलाई प्रस्तुत गर्दै भनिएको छ ।
भान्सा कोठा ग्याँसको पाईप जोड्ने आ’छ हल्ला, बोक्न अब नपर्ने भो सिलिण्डरका डल्ला ।
ओल्लो डाँडा पल्लो डाँडा केबुलकारमा सुत्त, काठमाण्डौंमा छिरेपछि हेटौँडामा फुत्त ।
दैलेखमा खानी पत्ता लाग्यो भन्छन् तेलको, काठमाण्डौंमा चर्चा चल्न थाल्यो मेट्रो रेलको ।
दुबै गीतमा पूर्व प्रधानमन्त्री ओलीले सुनाएका आफ्नो विकासे योजना सफल भईदिए जनतालाई लाभ हुने अपेक्षा गरिएको छ । तर सानातिना समस्या नै समाधान हुन नसकिएको अवस्थामा गरिएको विकासे भाषणलाई आशंकाको दृष्टिकोणले हेरिएको छ ।
३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान...
३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष...
३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको...
३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित...
३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको...
३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते...
३ भदौ, हेटौंडा । मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । कृष्ण जन्माष्टमीको अवसरमा...
३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ ।...
३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन)...
२ भदौं,हेटौंडा। पहिरो जादा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध बनेको छ भने उक्त पहिरोमा एउटा सुमो फसेको छ। बिहिबार राती...
२९ साउन, हेटौंडा । घुससहित पक्राउ गरेको भनिएका भीमफेदीका एक प्रहरी निरीक्षकले सफाई पाएका छन् । इलाका प्रहरी...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
३० साउन, हेटौंडा । कुनै समय मकवानपुरसहित सम्रग जिल्लाका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि वीरगञ्ज,...
१ भदौं, कैलाश । मकवानपुरको पश्चिमी क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाको वडा...
२३ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुई...
२६ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी–९ खरंगामा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु...