Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

नेपालको पानीजहाज चल्ने भयो रे...

नपत्याए हेर....पत्रिकामा आ’छ

Ship-Nepal1-1472451784.jpg

१३ भदौ, हेटौँडा । पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो कार्यकालमा विकासका धेरै विषय उठाए । त्यसमध्ये नेपालले महासागरमा पानीजहाज चलाउने भन्दै उनले भाषण गरेका थिए । पूर्वप्रधानमन्त्री ओलीको भाषणलाई लिएर यसपाली तीजको गीत बजारमा आएका छन् । धनकुमारी थापा ‘सरु’ ले ‘नेपालको पानीजहाज’ एल्बम बजारमा ल्याएकी छिन् । मनोजसिंह धामीको शव्द/संगित रहेको गीतमा भनिएको छ ।
पूर्वपश्चिम रेल चाईनाबाट तेल, नेपालको पानीजहाज चल्ने भयो रे
नेता ज्यूले भनेको नेपालको पानीजहाज चल्ने भयो रे ।

हाँस्यकलाकार दमन रुपाखेतिलाई भिडियोमा प्रस्तुत गरिएको गीतमा सर्टिफिकेट राखेर ऋण, हावाबाट विजुली, घरघरमा ग्याँसको पाईप जस्ता विषयलाई पनि व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । कृषिमा लगानी गर्ने भनिएको विषय पनि गीतमा उल्लेख छ ।
युवा विदेश बाँझै छ जग्गा नि, गर्ने अरे कृषिमा लगानी
हावाबाट विजुली बल्ने भयो रे ।

सर्वसाधारणले भने धाराको पाईपमा पानी नआउने जमानामा ग्याँस पाईने भो भन्दै व्यंग्य गरेका छन् । उनीहरुले जाजरकोटमा जीवनजल नपाउँदा पखाला लागेर जनताले मृत्युवरण गर्नुपरेको विषयलाई समेत उठाएका छन् ।
त्यसैगरी, गायक सितल शर्माले ‘पानीजहाज’ बजारमा ल्याएका छन् । उनले पनि ओलीका विकासे भाषणलाई प्रस्तुत गरेका छन् ।
हाम्रो देशले पानीजहाज चलाउने भा छ, नपत्याए हेर मैया पत्रिकामा आ’छ
अब त हामी को भन्दा कम....

हाँस्यकलाकार राजु मास्टरलाई भिडियोमा प्रस्तुत गरिएको गीतमा ग्याँस सिद्धिएको विषयलाई प्रस्तुत गर्दै भनिएको छ ।
भान्सा कोठा ग्याँसको पाईप जोड्ने आ’छ हल्ला, बोक्न अब नपर्ने भो सिलिण्डरका डल्ला ।
ओल्लो डाँडा पल्लो डाँडा केबुलकारमा सुत्त, काठमाण्डौंमा छिरेपछि हेटौँडामा फुत्त ।
दैलेखमा खानी पत्ता लाग्यो भन्छन् तेलको, काठमाण्डौंमा चर्चा चल्न थाल्यो मेट्रो रेलको ।

दुबै गीतमा पूर्व प्रधानमन्त्री ओलीले सुनाएका आफ्नो विकासे योजना सफल भईदिए जनतालाई लाभ हुने अपेक्षा गरिएको छ । तर सानातिना समस्या नै समाधान हुन नसकिएको अवस्थामा गरिएको विकासे भाषणलाई आशंकाको दृष्टिकोणले हेरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार