१६ मंसिर ,हेटौंडा । उपप्रधान एवम् उर्जा मन्त्री तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उमेदवार कमल थापाले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी भएमा महालक्ष्मी उपाध्याय डीनालाई मन्त्री र इन्द्रबहादुर बानियाँलाई ३ नम्बर प्रदेशको मुख्य मन्त्री बनाउन राप्रपाले विना सर्त सहयोग गर्ने उद्घोष गरेका छन् ।
शनिबार हेटौंडा–१९ बस्तीपुरमा भएको लोकतान्त्रिक गठबन्धनको चुनावीसभामा थापाले मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभामा योग्य, इमान्दार एवम् विकासप्रेमी युवा उम्मेदवार रहेको उल्लेख गर्दै चुनाव जितेमा मन्त्री र मुख्यमन्त्री पक्का रहेको बताउदै इन्द्र बानियाँलाई लालकिल्ला भत्काउने ओस्तादको उपमा दिँदै मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका थापाले लोकतान्त्रिक गठबन्धनको जितबाट मात्रै मकवानपुर ३ नम्बर प्रदेशको राजधानी हुन सक्ने ठोकुवा गरे ।
त्यसैगरी मकवानपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा अब लालकिल्ला भत्किने र लोकतान्त्रिक किल्ला हुने दावी गरेकी छिन् । उनले कम्युनिष्टहरुको झुटको खेतीको अब यही चुनावबाट अन्त्य हुने बताएकी हुन् । आफूले चाहेको भए समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बन्ने सक्थेँ भन्दै डीनाले भनिन्, ‘म २ पटक समानुपातिकतर्फबाट सभाषद् भैसकेको व्यक्ति हुँ, पार्टीको केन्द्रीय सदस्य पनि हुँ म अहिले पनि समानुपातिकमा बस्न सक्थेँ तर प्रजातन्त्र, विकास र समृद्धिका लागि प्रत्यक्ष चुनावका लागि आफु चुनावि मैदानमा आएको बताईन। कार्यक्रमै प्रदेशसभा सदस्यका उम्मेदवार काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पटक पटक कम्युनिष्टलाई जिताउँदा पनि विकासको काम केही नभएको भन्दै थाकेका मतदाताले एक पटक लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिनुपर्ने बताए । यो निर्वाचन जनताको भविष्य संग जोडिएको भन्दै उनले मानवता भित्रको एकता, विकास र समृद्धि रोज्ने कि ? हिँसाबाट आएका कम्युनिष्टहरुको फोस्रा नारामा भुलिने एकपटक सोच्न अनुरोध गरे ।
काँग्रेसका केन्द्रीय प्रतिनिधी पूर्व सभाषद् जीवनप्रेम श्रेष्ठले विकास र समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । मकवानपुरले प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मन्त्री हुनेसम्म हैषियत भएका उम्मेदवार पाएको भन्दै उनले ढुक्क भएर लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न अनुरोध गरे ।
कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिभा सदस्यको समानुपातिक उम्मेदवारहरु दीपकबहादुर सिँह, पवित्रा विश्वकर्मा, काँग्रेसका नेताहरु भीमसेन महत, आन्दराम पराजुली, काँग्रेसका आमन्त्रित जिल्ला सदस्य रघुनाथ अधिकारी, राप्रपा नेता अक्कलबहादुर जिम्बा, कमल दोङ, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुर सदस्य अमृत पाठकलगायतले लोकतान्त्रिक गठबन्धनको जितले मात्रै मकवानपुरको विकास र हित हुन सक्ने बताए ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




