Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

इन्द्र बानियाँ लालकिल्ला भत्काउने ओस्तादःथापा     

लोकतान्त्रिक गठबन्धनको बस्तिपुरमा चुनाविसभा

bastipur-kamal-thapa-16-m-1512221493.jpg

 १६ मंसिर ,हेटौंडा । उपप्रधान एवम् उर्जा मन्त्री  तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उमेदवार कमल थापाले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी भएमा महालक्ष्मी उपाध्याय डीनालाई मन्त्री र इन्द्रबहादुर बानियाँलाई ३ नम्बर प्रदेशको मुख्य मन्त्री बनाउन राप्रपाले विना सर्त सहयोग गर्ने उद्घोष गरेका छन् ।

शनिबार हेटौंडा–१९ बस्तीपुरमा भएको लोकतान्त्रिक गठबन्धनको चुनावीसभामा थापाले मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभामा योग्य, इमान्दार एवम् विकासप्रेमी युवा उम्मेदवार रहेको उल्लेख गर्दै चुनाव जितेमा मन्त्री र मुख्यमन्त्री पक्का रहेको बताउदै इन्द्र बानियाँलाई लालकिल्ला भत्काउने ओस्तादको उपमा दिँदै मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका थापाले लोकतान्त्रिक गठबन्धनको जितबाट मात्रै मकवानपुर ३ नम्बर प्रदेशको राजधानी हुन सक्ने ठोकुवा गरे । 
त्यसैगरी मकवानपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा अब लालकिल्ला भत्किने र लोकतान्त्रिक किल्ला हुने दावी गरेकी छिन् । उनले कम्युनिष्टहरुको झुटको खेतीको अब यही चुनावबाट अन्त्य हुने बताएकी हुन् । आफूले चाहेको भए समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बन्ने सक्थेँ भन्दै डीनाले भनिन्, ‘म २ पटक समानुपातिकतर्फबाट सभाषद् भैसकेको व्यक्ति हुँ, पार्टीको केन्द्रीय सदस्य पनि हुँ म अहिले पनि समानुपातिकमा बस्न सक्थेँ तर  प्रजातन्त्र, विकास र समृद्धिका लागि प्रत्यक्ष चुनावका लागि आफु चुनावि मैदानमा आएको बताईन।     कार्यक्रमै प्रदेशसभा सदस्यका उम्मेदवार काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पटक पटक कम्युनिष्टलाई जिताउँदा पनि विकासको काम केही नभएको भन्दै थाकेका मतदाताले एक पटक लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिनुपर्ने बताए । यो निर्वाचन जनताको भविष्य संग जोडिएको भन्दै उनले मानवता भित्रको एकता, विकास र समृद्धि रोज्ने कि ? हिँसाबाट आएका कम्युनिष्टहरुको फोस्रा नारामा भुलिने एकपटक सोच्न अनुरोध गरे ।    

काँग्रेसका  केन्द्रीय प्रतिनिधी पूर्व सभाषद् जीवनप्रेम श्रेष्ठले  विकास र समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । मकवानपुरले प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मन्त्री हुनेसम्म हैषियत भएका उम्मेदवार पाएको भन्दै उनले ढुक्क भएर लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न अनुरोध गरे । 
कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिभा सदस्यको समानुपातिक उम्मेदवारहरु दीपकबहादुर सिँह, पवित्रा विश्वकर्मा, काँग्रेसका नेताहरु भीमसेन महत, आन्दराम पराजुली, काँग्रेसका आमन्त्रित जिल्ला सदस्य रघुनाथ अधिकारी, राप्रपा नेता अक्कलबहादुर जिम्बा, कमल दोङ, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुर सदस्य अमृत पाठकलगायतले लोकतान्त्रिक गठबन्धनको जितले मात्रै मकवानपुरको विकास र हित हुन सक्ने बताए ।  

bastipur-16-1512221494.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार