फाइल तस्बिर
१४ बैशाख, काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले कतार पराजित गरेको छ ।
बिहीबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा कतारलाई ६८ रनले पराजित गरेको नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा समेटिएपछि नेपालले फराकिलो जित निकाल्यो । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिँदा सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। कतारका लागि जाहिर इब्राहिम र खुराम सहाजादले १५/१५ रन र अमिर फारुकले १४ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल सुरुवातबाटै खराब प्रदर्शन गर्यो । नेपालका लागि कुनै पनि खेलाडीले गतिलो इनिङ खेल्न सकेनन्।
यद्यपि दशौं विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गरेका थिए। राजवंशी १७ बल खेलेर १ रन जोड्दै अमिर फारुकको बलमा एल्बिडब्लु आउट भएसँगै नेपाली इनिङ सस्तैमा समेटिएको हो। नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकाको सहयोगमा ४२ रन बनाउनु सर्वाधिक रह्यो। सन्दीपको यो एकदिवसीय क्रिकेटमा सर्वाधिक रनसमेत हो ।
त्यसअघि नेपालका कप्तान रोहित पौडेलकले २७ रन बनाउँदा आसिफ शेखले १९ रन बनाएका थिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले १२ रन बनाए। आरिफ शेख र सोमपाल कामीले समान ११ रन बनाएका थिए। नेपालका लागि भीम सार्की ६ रनमा आउट हुँदा कुशल मल्ल ३ तथा कुशल भुर्तेल २ रनमा आउट भए। त्यस्तै, गुल्सन झा ७ रनमा आउट भएका थिए । कतारका लागि ओवासी अह्मेदले ३ विकेट लिँदा अमिर फरुकले ४ विकेट हात पारे। त्यस्तै, ग्यान मनावेराले २ विकेट लिँदा इक्रमुल्लाह खानले १ विकेट लिएका थिए।
नेपाल ४ खेलमा ३ जित र एक खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । कतार भने प्रतियोगिताबाछ बाहिरियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







