फाइल तस्बिर
१४ बैशाख, काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले कतार पराजित गरेको छ ।
बिहीबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा कतारलाई ६८ रनले पराजित गरेको नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा समेटिएपछि नेपालले फराकिलो जित निकाल्यो । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिँदा सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। कतारका लागि जाहिर इब्राहिम र खुराम सहाजादले १५/१५ रन र अमिर फारुकले १४ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल सुरुवातबाटै खराब प्रदर्शन गर्यो । नेपालका लागि कुनै पनि खेलाडीले गतिलो इनिङ खेल्न सकेनन्।
यद्यपि दशौं विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गरेका थिए। राजवंशी १७ बल खेलेर १ रन जोड्दै अमिर फारुकको बलमा एल्बिडब्लु आउट भएसँगै नेपाली इनिङ सस्तैमा समेटिएको हो। नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकाको सहयोगमा ४२ रन बनाउनु सर्वाधिक रह्यो। सन्दीपको यो एकदिवसीय क्रिकेटमा सर्वाधिक रनसमेत हो ।
त्यसअघि नेपालका कप्तान रोहित पौडेलकले २७ रन बनाउँदा आसिफ शेखले १९ रन बनाएका थिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले १२ रन बनाए। आरिफ शेख र सोमपाल कामीले समान ११ रन बनाएका थिए। नेपालका लागि भीम सार्की ६ रनमा आउट हुँदा कुशल मल्ल ३ तथा कुशल भुर्तेल २ रनमा आउट भए। त्यस्तै, गुल्सन झा ७ रनमा आउट भएका थिए । कतारका लागि ओवासी अह्मेदले ३ विकेट लिँदा अमिर फरुकले ४ विकेट हात पारे। त्यस्तै, ग्यान मनावेराले २ विकेट लिँदा इक्रमुल्लाह खानले १ विकेट लिएका थिए।
नेपाल ४ खेलमा ३ जित र एक खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । कतार भने प्रतियोगिताबाछ बाहिरियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)