Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय एकता संभवः थापा्

थापा र शाक्यले भित्रयाए ४१ जनालाई लोकतान्त्रिक गठबन्धनमा 

24650678_818829454964643_-1512307343.jpg

१७ मंसिर, हेटौँडा ।  लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर  प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनबाट देशमा राष्ट्रिय एकता संभव रहेको बताएका छन ।  

संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति हेटौडा उपमहानगरपालीका वडा नम्बर ५ र ९  ले आज पिप्ले   र लामसुरेमा  छुट्टा छुट्टे  आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै मन्त्री थापाले बाम गठबन्धनको देशमा आर्थिक बिकास र समृद्धी संभव नभएको भन्दै बामपन्थीहरुले लोकतन्त्र खतरामा पार्ने अवस्थाले  गर्दा  देशको विकास र  लोकतन्त्रतीक शासनको मान्यतालाई बलियो बनाउन र लोकतान्त्रिक मान्यतालाई जोगाउन लोकतान्त्रिकको  गठबन्धन बनेको बताएका हुन ।
 उनले देशमा लोकतान्त्रिक गठबन्धनबको बहुमत आउने र स्थिर सरकार बनाउने बताउदै हारे पनि जिते पनि मकवानपुरको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन ।.
यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर १  ‘ख’ का उम्मेदवार अशोक शाक्यले बाम गठबन्धनले नेपाललाई उत्तर कोरिया बनाउने खोजेको बताउदै  यो निर्वाचन राजनैतिक लडाई नभई विकाससंग जोडिएको  लडाई भएको भन्दै उम्मेदवार शाक्यले  एमालेका उम्मेदवारहरु फोस्रा आश्वासन बाँड्नम व्यस्त रहेको आरोप लगाउँदै कम्युनिष्टहरुको झुटको खेतीको अब यही चुनावबाट अन्त्य हुने बताए । 

 कोणसभामा काँग्रेसकी समानुपातिक उम्मेदवार पवित्रा विक, राप्रपाका  समानुपातिक उम्मेदवार दिपक सिंह, लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन संयोजक विष्णु लामिछाने,  निवार्चन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम चन्द्र अर्याल माईकल, काँग्रेस नेतृ रिता खनाल लगातकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ,राप्रपाका सह माहामन्त्री राजाराम बर्तौला , केन्द्रीय सदस्य मधु अधिकारी, रामहरी न्यौपाने, काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, काँग्रेस जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ,ईन्दिरा न्यौपाने, राजिब सुवेदि, कागे्रस क्षेत्रिय सभापति तारानाथ चौलागाई, राप्रपा नेता सिताराम बर्तौला ५ नम्बर वडा अध्यक्ष राजेश बानिया लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्व नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । त्यसैगरी हेटौँडा ५ मा भएको सभा मार्फत ४१ जना बाम गठबन्धन त्यागेर लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन । लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेकाहरुलाई प्रतिनिधि सभाका उमेदवार कमल थापा र प्रदेशसभाका उम्मेदवार अशोक शाक्यले फुलमाला लगाएर स्वागत गरेका थिए ।

IMG_7598-1512307344.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार