Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय एकता संभवः थापा्

थापा र शाक्यले भित्रयाए ४१ जनालाई लोकतान्त्रिक गठबन्धनमा 

24650678_818829454964643_-1512307343.jpg

१७ मंसिर, हेटौँडा ।  लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर  प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनबाट देशमा राष्ट्रिय एकता संभव रहेको बताएका छन ।  

संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति हेटौडा उपमहानगरपालीका वडा नम्बर ५ र ९  ले आज पिप्ले   र लामसुरेमा  छुट्टा छुट्टे  आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै मन्त्री थापाले बाम गठबन्धनको देशमा आर्थिक बिकास र समृद्धी संभव नभएको भन्दै बामपन्थीहरुले लोकतन्त्र खतरामा पार्ने अवस्थाले  गर्दा  देशको विकास र  लोकतन्त्रतीक शासनको मान्यतालाई बलियो बनाउन र लोकतान्त्रिक मान्यतालाई जोगाउन लोकतान्त्रिकको  गठबन्धन बनेको बताएका हुन ।
 उनले देशमा लोकतान्त्रिक गठबन्धनबको बहुमत आउने र स्थिर सरकार बनाउने बताउदै हारे पनि जिते पनि मकवानपुरको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन ।.
यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर १  ‘ख’ का उम्मेदवार अशोक शाक्यले बाम गठबन्धनले नेपाललाई उत्तर कोरिया बनाउने खोजेको बताउदै  यो निर्वाचन राजनैतिक लडाई नभई विकाससंग जोडिएको  लडाई भएको भन्दै उम्मेदवार शाक्यले  एमालेका उम्मेदवारहरु फोस्रा आश्वासन बाँड्नम व्यस्त रहेको आरोप लगाउँदै कम्युनिष्टहरुको झुटको खेतीको अब यही चुनावबाट अन्त्य हुने बताए । 

 कोणसभामा काँग्रेसकी समानुपातिक उम्मेदवार पवित्रा विक, राप्रपाका  समानुपातिक उम्मेदवार दिपक सिंह, लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन संयोजक विष्णु लामिछाने,  निवार्चन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम चन्द्र अर्याल माईकल, काँग्रेस नेतृ रिता खनाल लगातकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ,राप्रपाका सह माहामन्त्री राजाराम बर्तौला , केन्द्रीय सदस्य मधु अधिकारी, रामहरी न्यौपाने, काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, काँग्रेस जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ,ईन्दिरा न्यौपाने, राजिब सुवेदि, कागे्रस क्षेत्रिय सभापति तारानाथ चौलागाई, राप्रपा नेता सिताराम बर्तौला ५ नम्बर वडा अध्यक्ष राजेश बानिया लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्व नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । त्यसैगरी हेटौँडा ५ मा भएको सभा मार्फत ४१ जना बाम गठबन्धन त्यागेर लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन । लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेकाहरुलाई प्रतिनिधि सभाका उमेदवार कमल थापा र प्रदेशसभाका उम्मेदवार अशोक शाक्यले फुलमाला लगाएर स्वागत गरेका थिए ।

IMG_7598-1512307344.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg