Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नेपाललाई

Screenshot_20230502_15300-1683020731.jpg

१९ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो । 
जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । 
फाइनल खेलमा नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । नेपालको जितमा गुल्सन झा र भिम सार्कीले चौंथ विकेटका लागि ९६ रनको अविजित साझेदारी गरे।
गुल्सन झाले ८४ बलमा ६७ रन बनाएर अविजित रहँदा ३ चौका र ६ छक्का प्रहार गरेका थिउ। त्यस्तै भिम सार्कीले ७२ बलमा ३६ रन बनाए। उनले ४ चौका प्रहार गरेका थिए। त्यसअघि नेपालले २२ रन जोड्दा तीन विकेट गुमाएको थियो। युएईका लागि रोहन मुस्ताफाले २ विकेट लिंदा आयान खानले १ विकेट लिएका थिए।
वर्षाका कारण सोमबार पुरा हुन नसकेको फाइनलको बाँकी खेल मंगलबार सम्पनन् भएको हो । युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनबाट खेल सुरु गर्दै ३३.१ ओभरमा १ सय १७ रन बनाउँदा अलआउट भएको थियो। ललित राजवंशीलेनै नेपालका लागि अन्तिम विकेट लिएका थिए।
युएईका लागि आसिफ खानबाहेक कुनै पनि ब्याटर क्रिजमा जम्न नसक्दा कमजोर अवस्थामा समेटिन पुग्यो । उसका लागि आसिफ खानले ४६ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, कप्तान मुहम्मद वासिमले ११ रन बनाउँदा आर्यान लाक्राले १३ रन बनाए। नेपालका लागि ललित राजवंशीले ४ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे। त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १-१ विकेट लिएका छन्।
प्रतियोगितामा नेपाल समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको थियो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो भने युएईले सेमिफाइनलमा ओमानलाई डिएल म्याथोडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार