Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

राष्ट्र जोगाउन वामगठबन्धन आवश्यक : न्यौपाने

hatiya-1512316034.JPG

१७ मंसिर, हेटौँडा । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य लेखनाथ न्यौपानेले राष्ट्र जोगाउन वाम एकता भएको बताएका छन् । वाम शक्तिहरुको बर्चश्व हुँदा हुँदै पनि वाम शक्तिहरु अलग अलग रहँदा देशले सोचजस्तो गति लिन नसकेको उनको भनाई थियो ।
हेटौंडा १६, १७ र १८ नम्बर वडाको आइतबार हटियामा भएको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै न्यौपानेले अब नेपालीको सुखको दिनको सुरुवात भएको बताएका छन् । चुनावपछि बन्ने बाम सरकारले समाजवादी कार्यक्रमको शुरुवात गर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले वामगठबन्धनको पक्षमा जनलहर आएपछि काँग्रेस–राप्रपा आत्तिएको बताए । हार निश्चित हुँदै गएपछि वामगठबन्धनका उमेद्वारहरु बिरुद्ध गलत प्रचार गर्न थालेको उनले बताए । 
त्यस्तै प्रदेश (क) का उमेद्वार प्रेमबहादुर पुलामीले स्थानियको माग अनुसार बिकास निर्माणका योजनाहरु अगाडि बढाउने बताए । आफू स्थानिय जनतासँग सदैब साथ रहेको बताउँदै जनताले आफूलाई बिश्वास गरेर यो भन्दा अगाडि बिजयी बनाएको बताउँदै अबको निर्बाचनमा पनि बिजयी बनाउने बिश्वास ब्यक्त गरे ।
नेकपा माओबादि केन्द्र १६ नम्बरका वडाध्यक्ष अभिनाश गजुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य रामचन्द्र राई, एमाले अध्यक्ष मुनु सिग्देल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटिका संयोजक बद्रि लम्साल, सहसंयोजक भिम पाख्रिन, प्रदेश सभा (क) का निर्बाचन परीचालन कमिटि संयोजक कमानसिंह पाख्रिन पृथक, सहसंयोजक कमल बिष्ट, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य अणराज जर्घामगर, नेकपा माओबादि केन्द्रका समानुपातिक उमेद्वार मानकुमारी नेपाली, एमाले नेता प्रल्हाद लामिछाने, बिष्णु दाहाल, नारायण सापकोटा, हेटौंडा १७ का वडाध्यक्ष भैरब राई, १८ का वडाध्यक्ष अनिल बानियाँ लगायत सहभागी थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg