ईन्द्रबहादुर बानियाँ - उम्मेदवार - प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश २
पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ अहिले चुनावी मैदानमा छन् । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ बाट उम्मेदवारी दिएका पूर्व सांसद बानियाँको उम्मेदवारी पछि यस क्षेत्रमा चुनावी अभियान निकै प्रतिष्पर्धी बनेको छ । प्रस्तुत छ उम्मेदवार बानियाँसँग चुनावी अभियान र उम्मेदवारीको सेरोफेरोमा गरिएको कुराकानी ।
चुनावी अभियानमा होमिनुमा तपाईको उद्देश्य के छ ?
जनताको आकांक्षा अनुसार संविधानसभाबाट नयाँ संविधान बनेपछि पहिलो पटक नयाँ संरचना अनुसार निर्वाचन हुन लागेको छ । यसपटक पहिलो पटक मैले प्रदेशसभामा उम्मेदवारी दिएको छु । यसअघि २०७० सालमा संविधानसभाको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ का जनताको मतले विजय भएर चार बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको छु । अहिले मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश दुईमा उम्मेदवारको रुपमा प्रस्तुत भएको छु । जनताको बर्षौदेखिको विकासको आकांक्षा पुरा गर्नु नै मेरो उम्मेदवारी हो । पटक पटक मत दिएपनि त्यस क्षेत्रको विकास गर्न यसअघि जितेकाहरुले काम नगरेको गुनासो त्यस क्षेत्रका जनताबाट आएपछि मैले विकासको आकांक्षा पुरा गर्न उम्मेदवारी दिएको हुँ ।
पूर्व मकवानपुरमा धेरै काम गरें भनेर भनिरहनु भएको छ ? के गर्नुभयो र ?
मतदाताले दिएको पहिलो जिम्मेवारी संविधान निर्माणको काम पुरा गरेको छु । संविधान निर्माणपछि मेरो ध्यान विकास निर्माणको काममा केन्द्रित रह्यो । बर्षौदेखि विकासमा पछि परेको मकवानपुर क्षेत्र नम्बर १ मा कान्तिलोकपथ, धरान चतरासहितका सडक पूर्वाधारको काम तिब्र गतिमा भईरहेका छन् । प्रमुख रणनीतिक सडकहरु, नदि प्रणालीलाई व्यवस्थित गर्ने काम, विद्यालय, मठ मन्दिर, पुल लगायतका क्षेत्रमा अर्बौको लगानी भएको छ । अहिले म प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट उम्मेदवार बन्दै गर्दा जनतामा उत्साह आउनुको कारण पनि मैले विगतमा गरेको विकासे काम नै हो । जनताको आकांक्षा भनेको सुख दुःखमा साथ दिने र विकासको काम गर्ने नेता नै हो । त्यो आकांक्षा मैले पुरा गरेको छु ।
विकासको योजना भएका उम्मेदवार मतदाताको प्राथमिकतामा पर्छन् । तपाईको योजना के छन् ?
मकवानपुरको प्रतिनिधिसभा २ को प्रदेश सभा २ जिल्लाकै विकट क्षेत्र हो । यो क्षेत्रको भौगोलिक विकटताका कारण यहाँका जनताले यातायात, शिक्षा, स्वास्थ्य लगायतका अत्यावश्यक सेवामा कठिनाई भोगिरहनु परेको छ । यो क्षेत्र सिमान्तकृत चेपाङ समुदायको बाहुल्य क्षेत्र र लोपोन्मुख बनकरिया समुदायको बसोबास भएको क्षेत्र पनि हो । सबै दृष्टिकोणले विकासमा पछि परेको यो क्षेत्रको विकास गर्नु नै मेरो उम्मेदवारीको प्रमुख कारण हो । मैले पहिलो प्राथमिकता यस क्षेत्रको सडक सञ्जाललाई विस्तार गर्ने कामलाई राखेको छु । डाँडाबास–डाँडाखर्क–शिलाधुनी–भण्डारा सडक, नारायणगढ–मुग्लिन सडकको बैकल्पिक सडकको रुपमा मनहरी–डाँडाखर्क–धादिङ–मलेखु सडक, रजैया–लामिटार–पदमपोखरी हुँदै हेटौँडाको पूर्वपश्चिम जोड्ने सडकसहितका प्रमुख र अन्य सडकहरुलाई प्राथमिकताका साथ अघि बढाउने छु ।
सडक सञ्जालको विस्तारसंगै गाँजा खेतिको विकल्पमा नगदे बालिलाई प्रोत्साहन, सिपमुलक तालिम दिई गाउँमै स्वरोजगार सिर्जना, लघु उद्यम प्रवर्धन, चेपाङ संरक्षित क्षेत्र घोषणा, राष्ट्रिय स्तरको चेपाङ संग्राहलयसहित बहुसांस्कृतिक भवन निर्माण, क्षेत्रीय अस्पतालको स्थापना र सबै स्वास्थ्य संस्थालाई प्रविधि र प्राविधिकयुक्त बनाउने मेरो लक्ष्य छ । यी लगायतका मेरा धेरै विषय समेटेर तयार पारेको पारेको प्रतिवद्धता पत्र गाउँ गाउँ पु¥याईसकेको छु ।
उम्मेदवारहरु जितेपछि मत माग्दा गरेको प्रतिवद्धता पुरा गर्दैनन् भन्ने आरोप छ नि ?
यसअघि जितेका सबै नेताहरुले जनतालाई झुक्याएका कारण जनताको यो प्रश्न आएको हुन सक्छ । तर मेरो हकमा यो कुरा लागु हुँदैन । म जनताबाट एक पटक अनुमोदन भएको उम्मेदवार हुँ । अनुमोदन भएपछि मैले मत माग्दा गरेको प्रतिवद्धता ९० प्रतिशत पुरा गरेको छु । म त्यस्तो नेता हो जो सबैभन्दा बढि आप्mनो निर्वाचन क्षेत्रमा पुगेको छु, हरेकलाई नजिकबाट सहयोग गरेको छु, चाहे सभासद र सांसद हुँदा होस्, चाहे मैले राज्यमन्त्रीको भुमिका बहन गर्दा होस् । मतदाता आफुले मत दिएको नेता सधैं आप्mनो गाउँघरमा आओस् भन्ने ठान्दछन्, मैले त्यो काम गरेको छु । कम्युनिष्टहरु आश्वासनको पोका बाँडेर चुनाव जित्छन् र जनतालाई धोका दिन्छन्, त्यसैले जनताको कम्युनिष्ट उम्मेदवार र नेतासँग सधै चित्त दुखाई र गुनासो हुन्छ । नेपाली कांग्रेस विश्वास दिलाउँछ, विकास पु¥याउँछ त्यसैले हामीसंग जनता सधैं खुशी हुन्छन् । मैले उम्मेदवारी दिएपछि मेरो उम्मेदवारी क्षेत्रमा देखिएको उत्साह त्यसैको उदाहरण हो ।
निर्वाचन क्षेत्र परिवर्तन गर्नु भएकोमा धेरै चर्चा छ । किन यसो गर्नुभएको ?
नेपाली कांग्रेसले पहिलो पटक जनताको सेवा गर्ने अवसर पाएको मकवानपुर क्षेत्र नम्बर १ बाटै हो । जनताले नेपाली कांग्रेसको रुख चिन्हको उम्मेदवार मलाई विश्वास गरेर विजय गराएपछि मैले पनि आप्mनो कार्यकालमा यस क्षेत्रको विकासमा सक्दो काम गरें । मकवानपुरमा ५ दशकदेखि जितेका जनप्रतिनिधिले नगरेको काम मैले ४ बर्षको कार्यकालमा गरें । त्यस कारण मकवानपुर क्षेत्र नम्बर १ का मतदाताले मलाई त्यही क्षेत्रमा उम्मेदवारी दिन सुझाव दिईएको थियो । मैले छोटो समयमा यस क्षेत्रको विश्वास आर्जन गरेकै हो । किनकी यसअघि मत दिएकाहरुले मतको सम्मान गर्न सकेनन्, विकासको काम गरेनन् । तर वर्तमान राजनैतिक परिस्थितिका कारण मैले फरक क्षेत्र उम्मेदवारी दिनु परेको हो । यो मैले आप्mनो मतदातालाई बुझाईसकेको छु । म नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापति भएकाले सबै क्षेत्रको विकासमा उत्तिकै सहभागी हुनुपर्ने मेरो जिम्मेवारी पनि हो । मैले अर्को क्षेत्रमा उम्मेदवारी दिंदै गर्दा पनि म भौतिक एवं भावनात्मक रुपमा मकवानपुर क्षेत्र नम्बर १ का जनतासंगै छु । मैले प्रतिवद्धता व्यक्त गरेर बाँकी रहेका थोरै काम पुरा गर्न र आगामी दिनमा थप नयाँ योजना मकवानपुर क्षेत्रमा लैजानेमा म प्रतिवद्ध छु ।
तपाईको क्षेत्रमा राज्यले समस्याको रुपमा हेरेको गाँजा खेति हुने गरेको छ, यस बारेमा तपाईको धारणा के छ ?
म यस मुद्धामा स्पष्ट छु । यो क्षेत्रमा गाँजा खेति धेरै हुने गरेको थियो । तर पछिल्ला बर्षहरुको तथ्यांक हेर्नुहुन्छ भने त्यस क्षेत्रमा गाँजा खेति गर्ने क्रम घट्दै गएको छ । सडक सञ्जाल नहुँदा आफुले उत्पादन गरेका काउली, फर्सी, काँक्रो, खुर्सानी बजारसम्म पु¥याउन बढि लागत लाग्ने भएकाले थोरै आर्थिक लाभका कारण विगतमा यस क्षेत्रमा गाँजाखेति भएको हो । थोरै आर्थिक प्रलोभनका कारण गाँजाको व्यापार गर्दा होस् वा जीवनयापनका लागि भरियाको काम गर्दा धेरैजना अहिले विभिन्न कारागारमा सजाय भोगिरहनु भएको छ । अहिले यही कारण धेरै परिवार टुटेको छ, बालबच्चाको विचल्ली भएको छ ।
मेरो मूल उद्देश्य यस क्षेत्रका सबैतिर सडक सञ्जालले जोड्ने हो । सडक सञ्जाल जोडिएसंगै यस क्षेत्रमा गाँजाको विकल्पको रुपमा नगदे बालिलाई प्रोत्साहन गर्न सके गैरकानूनी भनेर निषेध गरेको काममा यस क्षेत्रका जनता लाग्दैनन् । बाध्यताका कारण विगतमा गरेको कामलाई छोडेर नयाँ ढंगले आर्थिक उपार्जनतर्फ लाग्ने छन् भन्ने मेरो विश्वास छ ।
धेरै उम्मेदवारहरु मैदानमा छन्, तपाईले नै जित्ने आधार के छन् ?
चुनावी मैदानमा उत्रिएको जित्नकै लागि भएकाले सबैले जित्छु भन्नु स्वभाविक हो । तर मेरो जित्ने केही ठोस आधार छन् जो अन्य उम्मेदवारहरुमा छैन । पहिलो आधार पटक पटक जनताले कम्युनिष्टहरुका उम्मेदवारलाई जिताएर पठाएपनि मकवानपुर विकासमा सधै पछि परिरह्यो । तर एक पटक नेपाली कांग्रेसको उम्मेदवारलाई जिताउँदा क्षेत्र नम्बर १ मा गरेको काम सबैलाई जानकारी नै छ । त्यसैले लोतान्त्रिक गठबन्धनले जित्ने निश्चित छ । दोस्रो बाम गठबन्धनका नाममा उही यसअघि पटक पटक जितेका उम्मेदवार फेरि पनि जनतामाझ जाँदै छन्, यसअघि जितेर काम नगरेका पुराना उम्मेदवारलाई जनताले मत नदिने पक्का छ । जनता विकास चाहन्छन्, आप्mनो सन्ततिको भविष्य उज्वल होस् भन्ने चाहन्छन् । विकास गर्ने नेताको खोजीमा रहेका जनताले म र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई नै विजय गराउँछन् ।
यहाँलाई प्रदेशको मूख्यमन्त्रीको रुपमा पनि चर्चा गरिंदैछ । के यो साँचो हो ?
राजनैतिक परिस्थतिका कारण मेरो उम्मेदवारी प्रदेशसभामा हुने भएपछि पार्टी नेतृत्वले मेरोबारेमा विशेष चासो र चिन्ता राखेको सत्य हो । प्रदेशको राजधानी हेटौँडा ल्याउने विषयमा प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउवासंग गरिएको पहलका कारण अहिले अस्थायी भएपनि राजधानी हेटौँडा नै तोकिएको छ, यसलाई स्थायी रुपमा यही राख्ने प्रतिवद्धता पनि छ । मकवानपुर क्षेत्र नम्बर १ का जनताले मलाई विजय गराएपछि उहाँहरुको सम्मानमा पार्टीले मलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृहराज्यमन्त्रीको जिम्मेवारी दिएको थियो । दुबै जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसकेको, जिल्ला सभापतिको भूमिका पनि कुशलतापूर्वक सम्पन्न गर्दै जिल्लामा स्थानीय तहमा राम्रो उपस्थिति गराएका कारण पार्टी नेतृत्वमा म प्रति भरोसा बढेको छ । पार्टीका विभिन्न बैठकमा मूख्यमन्त्रीको बारेमा चर्चा हुँदा मेरो नामबारे छलफल भएको छ । प्रतिनिधिसभा मकवानपुरका क्षेत्र नम्बर २ को प्रदेशसभा २ का मतदाताले विजयी गराएपछि पक्कै पनि यस क्षेत्रका जनताको मतको सम्मान हुनेछ । यहाँहरुले अपेक्षा गरे अनुसार पार्टी नेतृत्वले मूल्यांकन गर्नेछ भन्नेमा म विश्वस्त छु ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
