Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

आज २५६७ औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाईंदै

buddaaaa-1683250213.JPG

२२ बैशाख, हेटौंडा । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । 
काठमाडौंको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा यो दिन विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ । बुद्ध धर्म र गौतम बुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् ।
संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतारमध्ये एक अवतार मान्दछन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार