१८ मंसिर, हेटौँडा । उपप्रधान एवम् उर्जा मन्त्री तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उमेदवार कमल थापाले लोकतान्त्रिको पक्षमा जनलहर देखेर बामपन्थीहरु आतिएको बताउदै मकवानपुरबाट बामपन्थीहरु अस्ताउने बेला आएको बताए ।
थापाले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी भएमा महालक्ष्मी उपाध्याय डीनालाई मन्त्री र इन्द्रबहादुर बानियाँलाई ३ नम्बर प्रदेशको मुख्य मन्त्री बनाउन राप्रपाले विना सर्त सहयोग गर्ने उद्घोष गरेका छन् ।
सोमबार मनहरी गाँउपालिको मनहरीमा भएको लोकतान्त्रिक गठबन्धनको चुनावीसभामा थापाले मकवानपुरले क्षेत्र नम्बर २ ले विकास प्रमी योग्य, इमान्दार एवम् युवा उम्मेदवार चाहेकोले सो समय अब आएको भन्दै सम्पूर्ण मतदातालाई डिना र बानियाँलाई मतदान गर्न अनुरोध गरेकाछन ।
त्यसैगरी मकवानपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा अब कम्युनिष्टहरुको झुटको खेतीको २१ गते पछि सकिने ठोकुवा गरीन । उनले यो निर्वाचन जनताको भविष्य संग जोडिएको भन्दै विकासका लागिका मतदान गर्न आम मतदातालाई आग्रह गरिन ।
त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्र बानियाले मकवानपुरे जन्ताले अब विकास विरोधिलाई नपत्याउने भन्दै विकास प्रमी उम्मेदवारलाई पत्याउने र आफु विकासप्रमी भएकोले जन्ताहरुले विश्वास गरेको बताए । बानियाले राजनितिलाई पेशा बनाउने देखी होसीयार भन्दै आफुले जन्ताको विश्वासलाई कहिल्यै धोका नदिने बताए ।
काँग्रेसका केन्द्रीय प्रतिनिधी पूर्व सभाषद् जीवनप्रेम श्रेष्ठले विकास र समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिभा सदस्यको समानुपातिक उम्मेदवारहरु दीपकबहादुर सिँह, पवित्रा विश्वकर्मा, पार्टि सचिव बुद्ध लामा, काग्रेस निवर्तामान सभापति रघुरमण न्यौपाने काग्रेस र राप्रपा प्रदेशसभा समानिपातिक उम्मेदवार गोविन्द रिजाल लगायलते गठबन्धनको पक्षमा मत दिन मतदातालाई आग्रह गरे ।
काँग्रेस क्षेत्रिय सभापती लोक मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवारहरु सन्त बहादुर चेपाङ, जानिक लामा, लक्ष्मी श्रेष्ठ काँग्रेसका नेताहरु भीमसेन महत, आन्दराम पराजुली, लगायतकाको सहभागिता रहेको थियो ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...







-1792888897.jpg)




-nepal-1792111426.jpg)




