Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिकको  र्‍याली एवम चुनावी सभा 

htd-sabha-1512395244.jpg

१८ मंसिर, हेटौँडा ।  लोकतान्त्रिक गठबन्धले आफ्नो अन्तिम चुनावी सभा हेटौँडामा सम्पन्न गरेको छ ।  सभालाई तर्फबाट मकवापुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले सम्बोधन गरेका थिए ।

हेटौँडा बजारको बुद्धचोकमा भएको सभालाई सम्बोधनका क्रममा थापाले  मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताउँनुभएको छ । उपप्रधानमन्त्री समेत रहेका थापाले समग्र देशकै आर्थिक विकास र सम्बृद्धिका लागी लोकतान्त्रिक गठबन्धन बनेकाले जित सुनिश्चि भएको दावी गर्नुभयो । उहाँले मकवानपुर जिल्लामा पनि आफुहरुले धेरै काम गरेको स्मरण गराउँदै केही अधुरा रहेका कामहरुको पुर्णताको लागी मतदाताले लोकतान्त्रिक गठबन्धनलाई जिताउँने विश्वास व्यक्त गर्नुभयो । मकवानपुरमा अहिले भएका विकासका गतिविधि आफुहरुले सुरु गरेको दावी गर्दै थापाले पटक पटक जितेका कम्युनिष्टहरुले एउटा इटटा थप्ने काम समेत नगरेको आरोप लगाउँनुभयो । जिल्लाका विभिन्न स्थानमा पुग्ने सडक, विजुली, खानेपानी लागएत हेटौँडा अस्पतालको स्तारोन्नती देखी राष्ट्रियराजमार्गका कारण हेटौँडामा देखिएको अन्यौलता समेत आफुहरुको पहलमा समाधान भएको थापाले दावी गर्नुभयो । उहाँले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार भएकाहरुको उचाई राष्ट्रिय राजनितिमा अरु दलका उम्मेदवारहरुको भन्दा धेरै माथी भएको बताउँदै जिल्लाको भाग्य र भविष्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले मात्रै कोर्न सक्ेने दावी गर्नुभयो ।

सभामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख का प्रदेश सभा उम्मेदवार अशोक शाक्यले जिल्लाको विकास लोकतान्त्रिक गठबन्धनको जितबाट मात्र सम्भव भएको बताउँदै एक पटक अवसर दिन आग्रह गर्नुभयो । उहाँले यस अघि भएका निर्वाचनबाट जितेका कम्युनिष्ट उम्मेदवारहरुले सडक छेउ अशोकको बोट रोप्नुबाहेका अरु केही नगरेको आरोप समेत लागाउँनुभयो ।

लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को चुनाव प्रचार प्रचार संयोजक रामचन्द्र अर्याल माइकलको सभाध्यक्षतामा भएको चुनावी सभामा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, राप्रपाका तर्फबाट समानुपातिक उम्मेदवार मधु अधिकारी, दिपक सिंह, राप्रपाका जिल्ला अध्यक्ष गणेश थापा, नेपाली कांग्रेस मकवानपुरका पार्टी प्रवक्त प्रदिप कोइराला, काग्रेस नेतृ रिता खनाल लगाएतले बोल्नुभएको थियो । सभा अधि लोकतान्त्रिक हुप्रचौरमा भेला भएका लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ताहरुले हेटौँडा नगरको परिक्रमा गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार