Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिकको  र्‍याली एवम चुनावी सभा 

htd-sabha-1512395244.jpg

१८ मंसिर, हेटौँडा ।  लोकतान्त्रिक गठबन्धले आफ्नो अन्तिम चुनावी सभा हेटौँडामा सम्पन्न गरेको छ ।  सभालाई तर्फबाट मकवापुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले सम्बोधन गरेका थिए ।

हेटौँडा बजारको बुद्धचोकमा भएको सभालाई सम्बोधनका क्रममा थापाले  मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताउँनुभएको छ । उपप्रधानमन्त्री समेत रहेका थापाले समग्र देशकै आर्थिक विकास र सम्बृद्धिका लागी लोकतान्त्रिक गठबन्धन बनेकाले जित सुनिश्चि भएको दावी गर्नुभयो । उहाँले मकवानपुर जिल्लामा पनि आफुहरुले धेरै काम गरेको स्मरण गराउँदै केही अधुरा रहेका कामहरुको पुर्णताको लागी मतदाताले लोकतान्त्रिक गठबन्धनलाई जिताउँने विश्वास व्यक्त गर्नुभयो । मकवानपुरमा अहिले भएका विकासका गतिविधि आफुहरुले सुरु गरेको दावी गर्दै थापाले पटक पटक जितेका कम्युनिष्टहरुले एउटा इटटा थप्ने काम समेत नगरेको आरोप लगाउँनुभयो । जिल्लाका विभिन्न स्थानमा पुग्ने सडक, विजुली, खानेपानी लागएत हेटौँडा अस्पतालको स्तारोन्नती देखी राष्ट्रियराजमार्गका कारण हेटौँडामा देखिएको अन्यौलता समेत आफुहरुको पहलमा समाधान भएको थापाले दावी गर्नुभयो । उहाँले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार भएकाहरुको उचाई राष्ट्रिय राजनितिमा अरु दलका उम्मेदवारहरुको भन्दा धेरै माथी भएको बताउँदै जिल्लाको भाग्य र भविष्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले मात्रै कोर्न सक्ेने दावी गर्नुभयो ।

सभामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख का प्रदेश सभा उम्मेदवार अशोक शाक्यले जिल्लाको विकास लोकतान्त्रिक गठबन्धनको जितबाट मात्र सम्भव भएको बताउँदै एक पटक अवसर दिन आग्रह गर्नुभयो । उहाँले यस अघि भएका निर्वाचनबाट जितेका कम्युनिष्ट उम्मेदवारहरुले सडक छेउ अशोकको बोट रोप्नुबाहेका अरु केही नगरेको आरोप समेत लागाउँनुभयो ।

लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को चुनाव प्रचार प्रचार संयोजक रामचन्द्र अर्याल माइकलको सभाध्यक्षतामा भएको चुनावी सभामा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, राप्रपाका तर्फबाट समानुपातिक उम्मेदवार मधु अधिकारी, दिपक सिंह, राप्रपाका जिल्ला अध्यक्ष गणेश थापा, नेपाली कांग्रेस मकवानपुरका पार्टी प्रवक्त प्रदिप कोइराला, काग्रेस नेतृ रिता खनाल लगाएतले बोल्नुभएको थियो । सभा अधि लोकतान्त्रिक हुप्रचौरमा भेला भएका लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ताहरुले हेटौँडा नगरको परिक्रमा गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार