Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

युवा परिषदले खटायो बागमती प्रदेशमा ११९ प्राविधिक

IMG20230-1683645399.jpg

२६ बैशाख, हेटौंडा । बागमती प्रदेश युवा परिषद्को कार्यालयले प्रदेशको विभिन्न स्थानीय तहमा मंगलबारबाट ११९ जना प्राविधिक खटाएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को कार्यालयले ११९ जना प्राविधिक कर्मचारी स्थानीय तहमा खटाएको हो । 
राष्ट्रिय विकास स्वयंसेवक अन्तर्गत ‘प्रदेश स्वयंसेवक बागमती’ का विभिन्न तहका स्वयंसेवकहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर तोकिएको स्थानीय तहमा खटाइएको हो । प्रदेश युवा परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरेर प्राविधिकका लागि आवेदन माग गरेको थियो । 
एक हजार ५ सय जनाले स्वयम्सेवकको रुपमा काम गर्नका लागि आवेदन दिएकोमा ११९ जना छनौटमा परेका थिए । प्रदेश युवा परिषद्ले स्टाफ नर्स, कृषि तथा भेटिनरी प्राविधिक, ल्याब असिस्टेन्ट, अहेव, अनमी लगायतका प्राविधिक स्वमय्सेवकको माग गरेको थियो । 
अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले यसलाई सेवा गर्ने मौकाको रुपमा बुझ्दै उत्कृष्ट ढंगले काम गर्न आग्रह गरिन् । खटिएका स्थानीय तहमा राम्रो सेवा गरेर जनताको मन जित्न उनले स्वयम्सेवकहरुलाई अनुरोध गरिन् । 
बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले गुनासो नआउने गरी काम गर्न अनुरोध गरे । ‘युवाहरु प्रति यो समाजले नै धेरै आशा राखेको हुन्छ’, ‘स्थानीय तहमा पुगेर आशाको किरण जगाउने गरी काम गरेर देखाउनुहोला ।’ उनले भने ।
्युवाहरुको लागि यो क्षमता देखाउने यो पहिलो अवसर भएको जानकारी दिँदै उनले सोही अनुसार काम गर्न सुझाव दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार