Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आजबाट हेटौंडामा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

chess-1683854163.JPG

२९ बैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज शुक्रबारबाट मेयर कप राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु हुँदै छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ३ गतेसम्म चल्ने छ ।
स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म सञ्चालन हुने प्रतियोगितामा एकसाय जना खेलाडीको सहभागीता रहने प्रतियोगिताको निर्देशक समेत रहेका नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले जानकारी दिए । 
प्रतियोगितामा फिडे मास्टर रुपेश जैसवाल, क्षितिज भण्डारी, पूर्व नेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, सुरवीर लामा, विलमलाल श्रेष्ठ, नवीन तण्डुकार लगायत एकसय जना खेलाडीको सहभागिता रहनेछ । 
प्रतियोगिताको विजेताले नगद एकलाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । यस्तै प्रतियोगिताको चौथौ र पाँचौ हुनेले जनही २० हजार र छैठौं देखि दशौँ स्थान सम्म हुने खेलाडीले जनही १५ हजार नगद पाउँने छन् ।
प्रतियोगिताको आयोजक मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले उत्कृष्ट महिला, भेट्रान, अनरेटेड खेलाडी गरी २१ जना खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । उनले पुरस्कारमा मात्रै नगद ४ लाख रुपैयाँ खर्च हुने र सम्पूर्ण प्रतियोगिता सञ्चालनका लागी १५ लाख खचै हुने बताए ।
प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, नारायणी यातायात प्रा.लि लगायतले सहयोग रहने अध्यक्ष श्रेष्ठको भनाई छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार