Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आजबाट हेटौंडामा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

chess-1683854163.JPG

२९ बैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज शुक्रबारबाट मेयर कप राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु हुँदै छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ३ गतेसम्म चल्ने छ ।
स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म सञ्चालन हुने प्रतियोगितामा एकसाय जना खेलाडीको सहभागीता रहने प्रतियोगिताको निर्देशक समेत रहेका नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले जानकारी दिए । 
प्रतियोगितामा फिडे मास्टर रुपेश जैसवाल, क्षितिज भण्डारी, पूर्व नेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, सुरवीर लामा, विलमलाल श्रेष्ठ, नवीन तण्डुकार लगायत एकसय जना खेलाडीको सहभागिता रहनेछ । 
प्रतियोगिताको विजेताले नगद एकलाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । यस्तै प्रतियोगिताको चौथौ र पाँचौ हुनेले जनही २० हजार र छैठौं देखि दशौँ स्थान सम्म हुने खेलाडीले जनही १५ हजार नगद पाउँने छन् ।
प्रतियोगिताको आयोजक मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले उत्कृष्ट महिला, भेट्रान, अनरेटेड खेलाडी गरी २१ जना खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । उनले पुरस्कारमा मात्रै नगद ४ लाख रुपैयाँ खर्च हुने र सम्पूर्ण प्रतियोगिता सञ्चालनका लागी १५ लाख खचै हुने बताए ।
प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, नारायणी यातायात प्रा.लि लगायतले सहयोग रहने अध्यक्ष श्रेष्ठको भनाई छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार