Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस मनहरीको गाउँपालिकास्तरीय सम्मेलन सम्पन्न

manahari-1683893211.jpg

२९ बैशाख, मनहरी । नेपाली कांग्रेसको वडा, गाउँपालिका, प्रदेश र जिल्ला सम्मेलन गर्ने केन्द्रीय परिपत्र अनुरुप मनहरी गाउँपालिकास्तरीय सम्मेलन शुक्रबार मनहरी बजारमा सम्पन्न भएको छ । 
सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभापति बानियाँले देशमा चाहिने भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएर खर्चालु बनेको संघीयताले जनतामा चरम निराशा छाएको बताउँदै पार्टीको विधान र देशको संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जान आवश्यक रहेको बताए । 
मुलुकको हरेक परिवर्तनमा कांग्रेसको भूमिका अतुलनीय रहेको बताउँदै नेता बानियाँले कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुले जनताको विकासनिर्माणमा दृढ भएर लाग्न निर्देशन दिंदै नगरे जनतालाई खबरदारी गर्न सुझाव दिए । 
नेता बानियाँले विगतमा भएको कमीकमजोरीको समीक्षा गर्दै कांग्रेसले आफूले गरेको विकासनिर्माण र समाज रुपान्तरणमा खेलेको भूमिका बारे जनतामा बुझाउँदै संगठन विस्तारमा लाग्न निर्देशन पनि दिए । 
कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा विशेष अतिथि कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश सदस्यद्वय जानकी लामा र सन्तबहादुर चेपाङ, कांग्रेस मकवानपुरका जिल्ला सदस्य चन्द्रबहादुर न्यौपाने, कांग्रेस मकवानपुर २ ख का प्रदेश सभापति रञ्जन कालाखेती लगाएतकाले बोेलेका थिए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधिद्वय ठाकुर तितुङ र शंकर न्यौपाने, कांग्रेस मनहरी गापा सचिव हरिचन्द्र शाही ठकुरी, नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष पूर्णबहादुर चेपाङ, लोकतान्त्रिक जनजाति संघका अध्यक्ष पदम तितुङ, कांग्रेस मनहरी १ का सभापति मनोहरी उप्रेती, पुराना नेता खुलबहादुर नगरकोटीलगायतले पार्टीमा उठेका गुनासा, पार्टी सुदृढीकरण, निर्वाचनपछि पार्टीको अवस्था र भावी रणनीतिका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मनहरी शाखाका नवनिर्वाचित सभापति मोहन कार्कीलाई सम्मान गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

थप समाचार