Email :- prastakhabar@gmail.com
समाज

शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधिको ध्यान जानुपर्नेः वडा अध्यक्ष सिग्देल

nabin-1684021535.jpg

३१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन शिग्देलले शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधिहरुले ध्यान दिन पर्ने र स्थानीय तहले शिक्षामा प्रयाप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । 
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा ४ को व्यवस्थापन नवोदय माविमा भएको १ दिने  १ देखि ५ कक्षाको एकीकृत पठ्यक्रम २०७६ को प्रवोधिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 
वडा अध्यक्ष सिग्देलले नगरलाई समृद्व र उत्कृष्ट बनाउन पहिलो काम शिक्षालाई उत्कृष्ट बनाउनु पर्ने बताए । उनले भौतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी उत्पादनसम्बन्धि क्रियाकलाप व्यापक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष तथा शैक्षिक सुधार समिति, हेटौँडा ४ का संयोजक श्रीराम दाहालले निरन्तर क्रियाकलाप, प्रतिस्पर्धा र समन्वयको माध्यमद्वारा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न समिति लागिपरेको बताए । 
कार्यक्रममा वडाले शैक्षिक सुुधारको लागि गरेको विभिन्न गतिविधि र भावी योजनाबारे समेत जानकारी गराईएको थियो । वडाका ८ वटा विध्यालयका ७० जना शिक्षक सहभागी भएको प्रवोधिकरण कार्यक्रममा राम सागर गुरागाईँले सामाजिक, बेदराज कोईरालाले नेपाली, दीपक अधिकारीले गणित, सुर्य घिमिरे अंग्रेजी र सुवास खनालले बिज्ञान बिषयकाबारेमा प्रशिक्षण दिएकाछन् ।
कार्यक्रममा सञ्चारकर्मी तथा प्राध्यापक सुरेश श्रेष्ठ, आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष मोहमद समिम, सदस्य रेणुका फूँयाल, भुटनदेवी माविका प्रअ माधव दाहाल, आधुनिक माविका सप्रअ मालती पोखरेल, वडा सचिव टीका कंडेलको आथित्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
कैलाश गाउँपालिकाद्वारा ६ जना चेलिलाई सम्मान
IMG_20230531_210135-1685546257.jpg

१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

चार दिनका लागि भारत उडे प्रधानमन्त्री प्रचण्ड
pm-india-visit-17-jestha-1685525173.jpg

१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।...

कोशि सरकारबाट बाहिरियो जसपा
jasapa-1685524804.jpg

१७ जेठ, इटहरी । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार कोशी सरकारकी...

नागरिकता विधेयक प्रमाणीकरणः राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन
download-1685523522.png

१७ जेठ , हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा...

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
IMG_0892-1685515293.png

१७ जेठ ,हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले...

कांग्रेसले पूर्व सदस्य पाण्डेको निधनमा तिन दिन झन्डा आधा झुकाउने
1653826712_nepali_congres-1685507353.jpg

१७ जेठ , हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, पूर्वराज्यमन्त्री मीना...

राप्तीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
images-1685506793.png

१७ जेठ,मनहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको...

राष्ट्रिय भलिबलमा गण्डकी र एपिएफको विजयी सुरुवात
dfaaa-1685499575.JPG

१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा...

विश्वकप छनोट तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान
Screenshot_20230531_07571-1685499199.jpg

१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण...

थप समाचार