फाईल फोटो
सुनिल शिवाकोटी
२० मंसिर, हेटौँडा । बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी मकवानपुरमा पुरा भएको छ ।
प्रतिनिधि सभा तर्फ २ र प्रदेशसभा तर्फ ४ क्षेत्र रहेको मकवानपुरमा चुनावको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले बताए । मतपत्र , मतपेटीका र अन्य आवश्यक सम्पूर्ण सामग्री जिल्लाका ३२४ वटै मतदान केन्द्रमा पुगीसकेको पौडेलले बताए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी २ हजार ५ सय ९३ कर्माचारी खटाईएको पौडेलले जानकारी दिए ।
बिहिबार हुने निर्वाचनका लागी मकवानपुरको सुरक्षा व्यवस्था चुस्त परिएको मकवानपुरका प्रजिअ चक्र बहादुर बुढाले जानकारी दिए । प्रजिअ बुढाले ३२४ वटै मतदान केन्द्रका लागी म्यादी प्रहरी सहित ४ वटै सुरक्षा अंगका करिब ३ हजार भन्दा बढी संख्या सुरक्षाकर्मी खटाईएको बताए । उनले संभावित घटना हन सक्ने स्थानको र उमेदवारको सुरक्षामा विषेश ध्यान दिईएको भन्दै अपराधिक श्रृखला हुने स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाईएको र अपराधिक गतिविधी र पास विनाको सवारी साधनलाई कडाई गरीने , हवाई र स्थल गस्तिी समेत गरिने बताए ।
मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालले कुनै घटना हुन नदिन नेपाल प्रहरी तैनाथ भएको भन्दै सम्भावित घटना भएको र आवश्यक परेको स्थानमा १० मिनेट भित्र सुरक्षा निकाय पुग्ने व्यवस्था मिलाईएको बताए ।
३२४ मतदान केन्द्र रहेको जिल्लामा क्षेत्र नम्बर १ मा १ लाख २४ हजार ७ सय ९९ र क्षेत्र नम्बर २ मा १ लाख ३० हजार ८ सय ५ गरी कुल २ लाख ५५ हजार ६ सय चार मतदात संख्या रहेको छ । क्षेत्र नम्बर १को प्रदेशसभा क मा ६२ हजार ८ सय ४३ र ख मा ६१ हजार ९ सय ५६ मतदाता रहेको र क्षेत्र नम्बर २ को प्रदेशसभा क मा ७४ हजार १ सय ५२ र ख मा ५६ हजार ६ सय ५३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पौडेलले बताए ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



