प्रदिप सापकोटाले आफनो फेसबुक पेजमा लेखेको विवादित स्ट्याटस
२० मंसिर, हेटौँडा । भोली विहिबार हुने दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न खटिएका एकजना सरकारी कर्मचारीले आचार संहिता विपरित कृयाकलाप गरेपछि कार्वाहीमा परेका छन् ।
थाहा नगरपालिकास्थित सेती गणेश विद्यालयमा निर्वाचनको लागि खटिएका प्रदिप सापकोटाले आफनो फेसबुक पेजमा ‘२१ गते साँझ ५ बजेपछि नेपाली काँग्रेसलाई खोज्न भारत जानुपर्ने हो कि ?’ भनेर लेखेका थिए । उनलाई निर्वाचन सम्पन्न गर्ने क्रममा दिइएको जिम्मेवारीबाट हटाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।
उनको स्थानमा अर्का कर्मचारीलाई जिम्मेवारी दिएको प्रजिअ बुढाले बताए । मकवानपुरगढी गाउँपालिका मक्रान्चुली घर भएका सापकोटाले निर्वाचन आचार संहिता विपरीत फेसबुकमा पोष्ट गरेको स्टाटसको विषयमा जिल्ला प्रशासन कार्यलयमा जानकारी आए पछि आफुले मुख्य निर्वाचन अधिकृतको कार्यलयमा जानकारी गराएको बताउँदै सापकोटाले गल्ति स्विकार गरेको र माफी मागे पछि उनको दायीत्वबाट हटाइएको प्रजिअ बुढाको भनाई छ ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणा भएदेखि नै फेसबुकमा नेकपा एमालेको प्रचारप्रसार गर्दै आएका जिल्ला पशुसेवा कार्यालय मकवानपुरमा कार्यरत पशु प्राविधिक प्रदीप सापकोटाको विषयमा यस अघि पनि समाचार प्रकाशन र प्रशारण भएको थियो ।
सापकोटाले निर्वाचन आचार संहिता विपरित प्रोफाइल फोटो समेत यसपटक नेकपा एमालेलाई मतदान गरौँ भन्ने राखेका थिए । निर्वाचनमा खटिएको कर्मचारी भएर किन कुनै दलको विरोधमा स्टाटस लेख्नुभो ? भन्ने प्रश्नमा उनले आफूलाई धेरैतिरबाट फोन आएपछि डिलेट गरेको जानकारी दिए । चुनाव गराउन खटिएको कर्मचारीले यस्तो लेख्न मिल्छ भन्ने प्रश्न गर्दा उनले फोन काटेका थिए ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




