Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

स्वास्थ्य सुधारलाई ध्यानमा राखेर हरेक मन्त्रालयले योजना बनाउनुपर्छ: जम्कट्टेल

Screenshot_20230522_10523-1684732075.jpg

८ जेठ, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा 'स्वास्थ्य सबै नीतिमा' अवधारणा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता एवं स्वास्थ्य मन्त्री उत्तम जोशीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मूख्यमन्त्री जम्कट्टेलले प्रदेशमा निमार्ण भएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले नागरिकको स्वास्थ्य सुधारलाई ध्यानमा राखेर हरेक मन्त्रालयले आफ्नो योजना बनाउनुपर्ने बताए । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार सबै मन्त्रालयसंग जोडिएको विषय भएकाले सबै मन्त्रालयले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कार्यहरू समावेश गरेर योजना बनाई 'स्वास्थ्य सबै नीतिमा' अवधारणा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले यसलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर लामा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर नरविक्रम थापा, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयका सचिव मोहन शाक्य, मन्त्रालयका महाशाखा प्रमुख दीपक तिवारी लगायतले मन्तव्य गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले प्रदेशमा निर्माण हुने सबै नीतिहरुमा स्वास्थ्यका सामाजिक निर्धारकहरुलाई सम्बोधन गर्न समन्वय गर्ने, प्रदेशस्तरमा हालसम्म निर्माण भएका नीति तथा रणनीतिहरुम स्वास्थ्यका विषयहरु सम्बद्ध भए नभएको बारेको विश्लेषण प्रस्तुतिकरण गर्ने र प्रदेश स्तरमा निर्माण हुने सबै नीतिहरुमा स्वास्थ्यलाई समेट्न सम्बन्धित मन्त्रालयहरुको प्रतिवद्धता सुनिश्चित गर्ने उद्धेश्यले स्वास्थ्य सबै नीतिमा कार्यान्वयन गर्न लागेको जानकारी दिएका थिए । विज्ञ भोगेन्द्रराज डोटेल बागमती प्रदेशमा स्वास्थ्यसम्बन्धी विश्लेषण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेशका सबै नीतिहरुमा स्वास्थ्यका विषयवस्तुहरूको सम्बोधन गर्न पहल र प्रयास गर्ने, स्वास्थ्य सबै नीतिमा कार्यक्रमलाई बहुक्षेत्रीय स्तरमा अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रदेशका सबै मन्त्रालय र निकायको सहभागिता, सहकार्य र साझेदारीमा आगामी दिनमा उपयुक्त कार्यक्रमहरु क्रमशः सञ्चालन गर्दै जाने, बागमती प्रदेश सरकारको पहिलो आवधिक योजना (आव २०७६/०७७-२०८०/०८१) को रणनीति ५.२.५ को कार्यनीतिमा 'स्वास्थ्य सबै नीतिमा' को विश्वव्यापी नारालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि बहुक्षेत्रीय समन्वय र सहकार्यका लागि निर्देशिका बनाई लागू गरिनेछ' भनी उल्लेख भए बमोजिम निर्देशिका बनाउन र निर्देशिका निर्माण गर्नका लागि आवश्यकतानुसार स्वास्थ्य सबै नीतिमा निर्देशिका निर्माण समिति तथा प्राविधिक कार्य समूह गठन गर्ने निर्णय गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ
ganha-arrest-1715305499.jpg

२८ बैशाख, मोरङ । मोरङमा प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय भगवान...

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै
1641373260_1615078427_san-1715304890.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । दिउँसो...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715304393.jpg

२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा आजबाट तीन दिने प्रदेशस्तरीय युवा सम्मेलन
Capture-1715301939.JPG

२८ बैशाख, हेटौंडा । आजबाट हेटौंडामा तीन दिने बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक...

बैशाख ३१ गते वजेट अधिवेशन आह्वान गर्न सिफारिस
Mantriparishad-Baithak-1715301725.JPG

२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

बागमतीको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
Bagmati-province-mukhyama-1715251228.jpg

२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...

केदार कार्कीद्वारा कोशीमा नयाँ सरकार गठनविरूद्ध रिट दायर
img-04-1715250293.jpg

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...

थप समाचार