Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मनहरी गाउँपालिकाको एक वर्षे उपलब्धी सार्वजनिक

ranjan-1684805297.JPG

९ जेठ, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिले एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती र उपाध्यक्ष रेखा पुलामी मगरले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।
२०७९ जेठ ५ गते कार्यभार सम्हालेयता गाउँपालिकामार्फत भएका भौतिक पूर्वाधार विकास, आर्थिक विकास क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन क्षेत्र, सुशासन तथा संस्थागत विकास, सामाजिक विकासलगायतका क्षेत्रमा गरेका कामहरुको बारेमा बुँदागत रुपमा जानकारी गराएका हुन् । 
पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले एक वर्षे अवधिमा लामिटार चकरी सडक स्तरोन्नती, रुपाचुरी फरिवाङ सडक स्तरोन्नती, २ नम्बर वडा सडक स्तरोन्नतीलायतका सडक पूर्वाधारको विकास भइरहेको बताए ।
यसैगरी सामाजिक विकासअन्तर्गत प्रत्येक वडाका २०० विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको, ज्येष्ठ नागरिक समन्वय समिति गठन र सञ्चालनको लागि कार्यविधि तर्जुमा जस्ता कार्यलाई प्रमुख उपलब्धीको रुपमा व्याख्या गरिएको छ ।
यस अवधिमा मनहरी अस्पतालको भवन निर्माणको कार्यले गति लिइरहेको र पालिकाको केन्द्रीय प्रशासन भवन निर्माणस्थलको जग्गाको भोगाधिकार प्राप्तीको प्रक्रियामा रहेको पनि गाउँपालिका अध्यक्ष कालाखेतीले बताए ।
मनहरी ३ मा तरकारी फलफूल कृषकलाई लक्षित गरी ४ सय मेट्रिकटन क्षमताको कोल्डस्टोर्स निर्माणको डिपिआर भई बोलपत्र आह्वानको प्रक्रियामा रहेको, ७ नम्बर वडाको प्रतापपुरमा कालोपत्रे, वडा नं. ८ र ९ सिमा सडक स्तरोन्नती, डिल्लीपुर सडक स्तरोन्नतीलगायत परियोजना सञ्चालनमा रहेको बताएको छ । 
यसैगरी गाउँपालिकाका उपाध्यक्ष रेखा पुलामी मगरले आफू मातहत भएका कामहरुबारे जानकारी गराएकी थिइन् । उनले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गको क्षेत्रमा गरेका कामहरुको बारेमा उजागर गरेकी थिइन् । साथै बाल सञ्जालमार्फत बालहितका कामका साथै बाल बिवाह न्यूनीकरणको गतिविधिलाई तिव्रता दिइएको पनि उनले बताइन् ।
एकबर्षमा भएका प्रगति विवरणः
पूर्बाधार क्षेत्रः

१. लामिटार चकरी मकरी सडक स्तरउन्नती ।
२. रुपाचुरी फरिवाङ्ग सडक स्तरउन्नती ।
३. वडा नं २ सडक स्तरउन्नती ।
४.६ वटा सामुदायीक स्वास्थ्य ईकाइ भवन निर्माण सम्पन्न हुन लागेको ।
५. मनहरी अस्पताल भवन निर्माण कार्यले गति लिएको ।
६. वडा नं १, ६, ७, ९ को प्रशासनिक भवन निर्माण सम्पन्न भएको, पालिकाको केन्द्रिय प्रशासनिक भवन निर्माणस्थलको जग्गा भोगाधिकार प्राप्तिको प्रकृयामा रहेको÷भवन निर्माणको बोलपत्र प्रकाशन तयारी अबस्थामा रहेको ।
८. वडा नं ३ मा तरकारी फलफुल कृषकलाई लक्षित गरि ४०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण डिपिआर स्वीकृत भइ बोल पत्र आव्हानको क्रममा रहेको ।
९. वडा नं ७ प्रतापुरमा कालोपत्रे, वडा नं ८ र ९ सिमा सडक स्तरउन्नती, डिल्लिपुर सडक स्तरउन्नती लगायत ठूला परियोजना संचालनमा रहेको ।
१०. निर्माणाधिन पाँच वटा पक्की पुल मध्य चार वटाको कार्य प्रगती संतोषजनक रहेको, रजैया–दरदरा पक्की पुल निर्माण कार्य सुरु भएको, चकरी खोलामा पुल निर्माणको डिपिआर तयार भएको ।
११. जोगिताल सुनाचुरी क्षेत्रमा डिप बोरिङ्गबाट खानेपानी लगायत बृहत खानेपानीका योजनाहरु ब्यवस्थापन गरिएको ।
१२. मनहरी ८ मा बसपार्क निर्माण, लोथर फरिवाङ्ग राक्सिराङ्ग सडक, माथिल्लो मसिने खानेपानी,केदारेश्वर खानेपानी, डोठे सुकौरा खानेपानी, लामिटार चकरी मकरी सडक, दर्दरा डिल्लिपुर सडक, मानेडाँडा रमौली सड़क जस्ता महत्वपूर्ण आयोजनाहरु पालिकाको श्रोतबाट मात्र कार्यान्वयन सम्भव नहुने भएकोले बिशेष र समपुरक कार्यक्रम अन्तरगत राष्ट्रिय योजना आयोग सँग माग गरि पठाइएको । ।
१३. प्रधानमंत्री रोजगार कार्यक्रम प्रभावकारी बनाउने गरि कार्य गरिएको, जन लागत साझेदारी ६०.४० योजनाबाट सबै वडाका १३ वटा टोल क्षेत्र लाभान्वित भएको ।
१४. रमौली सिंचाइ, गोगनपानी भ्युटावर, सुनाचुरी जोगीताल जाने पक्की पुल, सुनाचुरी जोगीताल बृहद् खानेपानी, निर्मल बस्ती खानेपानी, डोलबारी खानेपानी लगायतका आयोजना प्रदेश सरकारसंग समपुरक र विशेष अनुदान मार्फत संचालन गर्ने तयारी गरेको ।
१५. विधुत प्राधिकरणसंगको सहकार्यमा पालिका समेतको लगानी थप गरि जिर्ण विधुत प्रषारण प्रणाली ब्यबस्थापन गरि सुधार गरिएको

आर्थिक बिकास क्षेत्रः
१. कृषि, भेटेनरी, ईन्जिनियरिङ, पोषण सहजकर्ता लगायत कर्मचारीहरु थप तथा नयाँ ब्यबस्थापन, गाइ बस्तुमा देखिएको लम्फि रोग नियन्त्रणको प्रभावकारी उपाय अवलम्बन गर्न जनशक्ति परिचालन गरेको ।
२. मनहरी बहुमुखी क्याम्पसलाइ संचालन अनुदान ।
३. वडा नं ६ लाई बाख्रा पकेट क्षेत्र घोषणा गरि साझेदारीमा बाख्रा पालन प्रबर्धन सुरु गरेको ।
४. बागमती प्रदेश सरकारद्वारा प्रस्तावित औधोगिक ग्राम स्थापनाकोलागी वडा नं ६ खयरघारीमा जग्गा उपलब्ध गराउन समन्वय गरेको ।
५. रुपाचुरी पाङ्गथलिमा झोलुङ्गे पुल निर्माण गर्न सम्बन्धित संस्था संग समन्वय भएको ।

सामाजिक बिकास क्षेत्रः
१. सामाजिक सुरक्षा भत्ता बितरणमा पायक पर्ने बैंक व्यवस्था ।
२. वडागत रुपले बिभिन्न क्लब तथा युवा समूहलाई खेलकुद सामग्री वितरण, स्थानिय खेलकुद प्रतियोगितामा सहयोग ।
३. गाँउ शिक्षा समितलाई सकृय बनाइ शिक्षा क्षेत्रमा उल्लेखनिय सुधार, गरिव संग बिशेश्वर शैक्षिक सहयोग कार्यक्रम मार्फत बिपन्न वर्गका बालबालिकालाई अध्यायपनमा सहयोग पुग्ने गरि शैक्षिक सहयोग कार्यक्रम ४.बिभिन्न बिपन्न नागरीकलाई दीर्घ रोग उपचारमा आर्थिक सहायता प्रदान, राष्ट्रिय निकुञ्जवाट आउने जंगली जनावरको आक्रमणवाट भएको मृतक तथा घाइतेलाई आर्थिक सहायता प्रदान, मनसुन जन्य विपदबाट प्रभाबितलाई पुनरस्थापनाकोलागी यथासम्भव सहयोग ।
५. महिला, दलित, आदिबासी जनजाती, अपाङ्गता समन्वय समिति कृयाशिल बनाइएको÷जेष्ठ नागरीक समन्वय समिति गठन र सञ्चालनकोलागी कार्यविधि तर्जुमा गरेको ।
६. गर्भवती महिलाकोलागी क्याल्सियम चक्की उपलब्ध गराउने गरेको, बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत वडा नं ३, ४ र ७ छनौट गरि सुनौला १००० दिनकोलागी २५ जना महिलालाई प्रति परिवार २५ हजारका दरले अनुदान दिने ब्यबस्था गरेको । थप सहयोग उपलब्ध गराउन तथ्याङ्क संकलनको प्रकृया अगाडी बढेको ।
७. गरिब संग विशेश्वर स्वास्थ्य विमा कार्यक्रमबाट प्रत्यक वडाका २०० बिपन्न परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिएको ।
८. लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण मूल प्रवाहीकरण रणनिती २०७९ तर्जुमा गरेको ।
९. विभिन्न विधालयमा घेरावारा, शुद्ध खानोपानी व्यवस्था तथा बालविकास केन्द्र निर्माण तथा मर्मत भएको
१०. बागमती प्रदेश सरकार सामाजिक मंत्रालयको सहयोगमा निर्माण हुने अपाङ्गता ग्राम निर्माणकोलागी वडा नं ९ मा सम्भाव्यता अध्ययन भएको, अपाङता भएका व्यक्तिहरुकोलागी समुदायमा पुनरस्थापना कार्यक्रम संचालन गरेको
११. चेपाङ, बनकरीया, माझि, बोटे जस्ता सिमान्तकृत वर्गको आवास निर्माण कार्यमा सहयोग हुन ४० घरधुरी लाभग्राही सिफारिस गरेको ।
१२.बिभिन्न सिमान्तकृत बिपन्न बर्ग रहेको बस्तिमा निशुल्क टुयुकल धारा वितरण गरिएको, आगलागी ÷ बाढी जस्ता बिपदबाट क्षेती भएको खानेपानी पाइप पुनरस्थापनामा पाईप खरीद गरि समुदायमा वितरण गरेको ।
१३. प्लान÷राडो नेपालको सहयोगमा वडा नं ७ मा युवा सुचना केन्द्र स्थापना, जिम तथा फिटनेश केन्द्र संचालन गरिएको ।
१४. किशोर किशोरी तथा युवा महिलाकोलागी परिवर्तनका सम्बाहक नामक सि.ओ.सि.कक्षा वडा नं ३ र ५ थप संचालन भएको, विभिन्न गै.स.स.लाई उनीहरुको वार्षिक कार्यक्रम संचालनकोलाग छनौट भएका वडाका स्थानहरुम अनुमती दिएको ।
१५. महिलाहरुलाइ बिभिन्न शिपमुलक तालिम व्यवस्था गरेको, युवाहरुलाइ निशुल्कः लोक सेवा कक्षा संचालनको ब्यबस्था गरेको
१६. निशुल्क बितरण गर्ने औषधि खरीद गरि बितरण गरिएको, भिडियो एक्सरे मेशिन खरीद गरि सेवा प्रदान गर्ने तयारी गरिएको, मनहरी अस्पतालमा ओपिडि सेवा विस्तार गरी विहान ८ः०० बाट नै सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको ।
१७. तिलगंगा आँखा अस्पतालसंगको सहकार्यमा सामुदायिक आँखा केन्द्र मनहरीबाट दैनिक आँखा जाँच सेवा प्रदान ।
१८. दुधमा प्रतिलिटर २ रुपैयाँ अनुदान दिँदै आएको र यस बर्ष गाउँपालिकाले रु. ३२ लाख रुपैयाँ दुधमा अनुदान उपलब्ध गराएको ।
बाताबरण तथा बिपद ब्यबस्थापन क्षेत्रः

१. हावाहुरी तथा आगलागी पिडीतलाई राहत उपलब्ध गराउन कार्यबिधि संसोधन गरि १० हजार÷२० हजार प्रदान गरिने निर्णय गरेको ।
२. बनकरीया बस्ती नजिक आम्दानीको श्रोत समेत हुने गरि नरिवलको वृक्षारोपण गर्ने योजना बनाइएको ।
३. वर्षाद तथा बाढीको कारण क्षेत विक्षेत भएका सडकहरु तत्कालै मरमत सम्भार तथा सरसफाइ गरि सुचारु गरेको, आवस्यक स्थानहरुमा अस्थायी काठेपुल निर्माण गरि आवागमनलाई सहज बनाइएको ।
४. प्रदेश सरकार, संघ सरकार समेतबाट थप वजेट व्यवस्थापन गरि र आफ्नै श्रोतबाट समेत विभिन्न झोरा नियन्त्रण, खोला नियन्त्रण, तटबन्धन तथा वृक्षा रोपण गरि जनधनको सुरक्षा तथा वस्ती एबम तथा खेतीयोग्य जमिन संरक्षण गरि नदी उकास जमिन खेती योग्य तुल्याएको ।

शुसासन तथा संस्थागत बिकास क्षेत्रः
१. मनहरी ३ लामिटारमा रहेको भवनबाट समेत विभिन्न सेवा प्रवाहको सुरुवात गरि आर्थिक मितव्ययिता २.योजना प्रकृयामा युवा सहभागीता, सुरक्षित आप्रवासन कार्यक्रम संचालन कार्यविधि तर्जुमा गरि लागू गरेको । पालिका क्षेत्रबाट वैदेशिक रोजगारीमा जानेहरुको बस्तुगत विवरण समेटिएको वैदेशिक रोजगार प्रोफाइल तयार गरेको ।
३. २०७९ श्रावण २० गते बार्षिक समिक्षा बैठक सम्पन्न ।
४.७२७ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको आवेदन अनलाईन निस्सा वितरण,पालिका भित्रको भूमिलाइ कृषि र गैर कृषि क्षेत्रमा बर्गिकरण गरि अवरुद्ध भएको जग्गाको कित्ताकाट सुचारु गरेको ।
५. न्यायिक ईजलास ब्यबस्थापन तथा वडागत मेलमिलापकर्ताहरुको ब्यवस्था ।
६. गत बिगतको करीब ५ करोड भन्दा बढी बेरुजु सम्परीक्षण,स्थानिय तह संस्थागत स्वमूल्याङ्कन तथा वित्तिय जोखिम मुल्याङ्कनमा जिल्ला भरका पालिका मध्य क्रमश द्धितिय र प्रथम स्थान हासिल भएको नतिजा प्राप्त ।
७. बिधायन, बिकास तथा सुशासन, लेखा समिति गठन ।
८. स्थानिय सार्बजनिक खरीद नियमावली तर्जुमा गरि लागू गरिएको ।
९. राजस्व परामर्श समितिको कार्य सञ्चालन कार्यविधि तर्जुमा गरि लागू गरिएको । आन्तरीक आम्दानी सुनिश्चित गर्नकोलागी मनहरी÷लोथर लगायत खोलाहरुबाट नदीजन्य सामग्री उत्खनन गरि निकासी गर्न आई.ई.ई. स्वीकृत क्षेत्रमा ठेक्का बन्दोवस्ती भएको ।
१०. जनतासँग अध्यक्ष÷उपाध्यक्ष कार्यक्रम सञ्चालन कार्यविधि बमोजिम रकम बिनियोजन गरि कार्यनवयन गरिएको ।
११. वडा नं ४ भवन निर्माणकोलागी निशुल्क जग्गा प्राप्त गरेको ।
१२. रिक्त प्राविधिक दरबन्दीहरु पदपूर्तिकोलागी लोकसेवा आयोगमा माग गरेको ।
१३. घर नक्सा पास कार्यलाई व्यवस्थित बनाइएको÷भवन नक्सा अभिलेखिकरण कार्य सञ्चालन गरेको ।
१४. पालिकाको प्रगती सुचना सम्प्रेषणलाई नियमित, पारदर्शि र व्यवस्थित बनाउन प्रेष सल्लाहकार सम्बन्धि कार्यविधि तर्जुमा गरि प्रेस सल्लाहकार व्यवस्था गरेको ।
१५. गाँउपालिकाको डिजिटल प्रोफाइल निर्माण गर्ने तयारी गरिएको ।
गाउँ कार्यपालिकाको बैठक मासिक रुपमा नियमित बस्ने गरिएको जसमा लगभग सत प्रतिशत कार्यपालिका सदस्यहरुको उपस्थिति रहने गरेको ।
कर्मचारीहरुले सम्पादन गरेको कार्य प्रगति विवरण र गुनासो सुनुवाईको लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित पाक्षिक रुपमा नियमित कर्मचारी बैठक बस्ने गरिएको ।
आजको प्रविधिमैत्री यूगमा सूचना प्रवाहलाई प्रभावकारी वनाउन विभिन्न किसिमका सूचनाहरु गाउँपालिकाको वेब साईट र फेसबुक पेजमा सार्वजनिक गर्नुको साथै गाउँपालिकाको वेब साईट नियमित रुपमा अद्यावधिक गर्ने गरिएको ।
सेवाग्राहीहरुमा सेवा प्रभाहको सम्बन्धमा द्धिविधा उत्पन्न नहोस भन्ने हेतुका साथ डिजिटल वडा पत्रको व्यवस्था गरिएको ।
गाउँ कार्यपालिकाको बैठक तथा गाउँ सभाको अधिवेशनको निर्णय सरल र सहज रुपमा नागरिकले प्राप्त गर्नको लागि बैठक सम्पन्न भए पश्चात वेभ साईटमा राख्ने गरिएको ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

थप समाचार