Email :- prastakhabar@gmail.com
खेलकुद

प्रदेश खेलकुदः महिला फुटबलको उपाधि काठमाडौंलाई 

w-football-1685060473.JPG

१२ जेठ , हेटौंडा । बागमती प्रदेशको हेटौंडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला तर्फको फुटबल खेलको उपाधि काठमाठौंले जितेको छ । हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा भएको फाइनल खेलमा सिन्धुलाई हराउँदै काठमाडौंले जितेको हो । 
काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित ग¥यो । उसको जितका लागी सुजिता घलान र मनीषा थापाले एक एक गोल गरे । काठमाडौंका तर्फबाट सुजिता घलानले खेलको १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । यस्तै खेलको ५८ औं मिनेटमा मनिषा थापाले काठमाडौंका लागी दोस्रो गोल गरेपछि जित सुनिश्चित भयो । 
काठमाडौंकी सरिता ऐर दुई व्यक्तिगत विधामा पुरस्कृत भइन् । उनले प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट फर्वाडको पुरस्कार पाइने भने अन्य व्यक्तिगततर्फ गोलरक्षकमा काठमाडौंकी झरना नगरकोटी, डिफेन्समा सिन्धुलीकी सन्जिता मगर तथा प्रशिक्षकमा काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट चुनिए । 
प्रतियोगिता अवधिभर ४ गोल गरेकी काठमाडौंकी मनीषा थापा मगर सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहन् ि। विजेता टोलीलाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, लगायतले मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
कैलाश गाउँपालिकाद्वारा ६ जना चेलिलाई सम्मान
IMG_20230531_210135-1685546257.jpg

१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

चार दिनका लागि भारत उडे प्रधानमन्त्री प्रचण्ड
pm-india-visit-17-jestha-1685525173.jpg

१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।...

कोशि सरकारबाट बाहिरियो जसपा
jasapa-1685524804.jpg

१७ जेठ, इटहरी । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार कोशी सरकारकी...

नागरिकता विधेयक प्रमाणीकरणः राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन
download-1685523522.png

१७ जेठ , हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा...

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
IMG_0892-1685515293.png

१७ जेठ ,हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले...

कांग्रेसले पूर्व सदस्य पाण्डेको निधनमा तिन दिन झन्डा आधा झुकाउने
1653826712_nepali_congres-1685507353.jpg

१७ जेठ , हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, पूर्वराज्यमन्त्री मीना...

राप्तीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
images-1685506793.png

१७ जेठ,मनहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको...

राष्ट्रिय भलिबलमा गण्डकी र एपिएफको विजयी सुरुवात
dfaaa-1685499575.JPG

१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा...

विश्वकप छनोट तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान
Screenshot_20230531_07571-1685499199.jpg

१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण...

थप समाचार