१३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस विविध कार्यक्रमकाबीच गणतन्त्र दिवस मनाउने भएको छ ।
दिवसको अवसरमा आयोजना हुने कार्यक्रमको विषयमा शुक्रबार बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाको संयोजनमा मन्त्रालय, कार्यालय तथा सार्वजनिक स्थानको सरसफाई, १५ गते साँझ प्रदेशका सबै मन्त्रालय, कार्यालय र सार्वजनिक एवम् सामुदायिक संघसंस्था एवम् घरघरमा दीपावली गर्ने कार्यक्रम तय भएको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
यसैगी सार्वजनिक झण्डा फहराउने र ब्यानर प्रदर्शन गर्ने, प्रदेश सरकारको प्रवक्ताबाट पत्रकार र सञ्चार माध्यममार्फत गणतन्त्र दिवसलाई सभ्य र भव्य रुपमा मनाउन अपिल गर्ने, सबै मन्त्रालय तथा निकायले आफ्नो वेभसाइटको होमपेजमा ‘गणतन्त्र दिवस २०८० भव्यताका साथ मनाऔं’ लेखिएको ब्यानर देखाउने, १४ गते स्वास्थ्य मन्त्रालयको संयोजनमा सार्वजनिक रक्तदान कार्यक्रम गरिने मन्त्री श्रेष्ठले बताए ।
उनका अनुसार १६ गते वन तथा वातावरण मन्त्रालयको संयोजनमा वृक्षरोपण, प्रदेश सरकार, विभिन्न राजनीतिक दल र नागरिक समाज प्रतिनिधिबीच अन्तरक्रिया, सञ्चार रजिष्ट्रारको कार्यालयको संयोजन तथा पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा ‘गणतन्त्रको १५ वर्ष–अवसर र चुनौती’ विषयमा खुला लेख प्रतियोगिता र प्रदेशमा क्रियाशील पत्रकारलाई प्रोत्साहनका लागि विविध विधामा स्थापित पत्रकारिता पुरस्कार वितरण कार्यक्रम हुनेछ ।
खुला लेख प्रतियोगिताको प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई क्रमश ः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ । १५ गते बिहान हेटौंडाको बुद्धचोकदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्राङ्गणसम्म प्रभातफेरीको आयोजना गरिनेछ ।
प्रभातफेरी पश्चात गणतन्त्र दिवस २०८० मूल समारोह समितिको आयोजनामा विशेष समारोह गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विशेष समारोहमा बागमती प्रदेशका प्रमुख, सभामुख, मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिती रहनेछ ।
१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।...
१७ जेठ, इटहरी । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार कोशी सरकारकी...
१७ जेठ , हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा...
१७ जेठ ,हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले...
१७ जेठ , हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, पूर्वराज्यमन्त्री मीना...
१७ जेठ,मनहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको...
१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा...
१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
५ जेठ, हेटौंडा । मकवानपुरको बागमती गाउंपालिका-८ फापरवारीमा रहेको जनता माविमा जूनियर रेडक्रस सर्कल(जुरेस) गठन...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
५ जेठ, हेटौंडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको शनिवार तेस्रो *साधारणसभा सम्पन्न भएको छ। जिल्ला समन्वय...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१३ जेठ, हेटौंडा । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी खेलको पुरुष तर्फको उपाधि...