Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सहकारी समस्या समाधानका लागी संघीय सरकारलाई ज्ञापनपत्र

IMG_20230528_211215-1685287674.jpg

१४ जेठ , हेटौडा । सहकारी समस्या समाधानका लागी संघीय सरकारलाई ज्ञापनपत्र पठाइएको छ। राष्ट्रिय सहकारी महासंघ, सहकारी समस्या समाधान सहजीकरण कार्यदलले घोषण गरेको आन्दोलनका कार्यक्रम अन्तरगत आईतबार मकवानपुरको प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई १३ बुँदे माग सहित ज्ञापनपत्र बुझाईएको हो ।सहकारी समस्या समाधान सहजीकरण संयन्त्र, मकवानपुरको संयोजनमा मकवानपुरका सहकारी अभियानको तर्फबाट ज्ञापनपत्र बुझाईएको हो ।
बर्तमान बिशम परिस्थितिले निम्त्याएका समस्या र त्यसको समाधानका लागि सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा भएका प्रवद्र्धनात्मक ब्यवस्थाहरु यथाशिघ्र कार्यान्वयनका लागि सहकारी अभियानले गत बैशाख १७ गते सरकार समक्ष पेश गरेको मागहरुलाई सरकारले हालसम्म बेवास्ता गरेको र सो मागहरु संवोधन गर्न अनिवार्य भएकोले उक्त मागहरु सम्बोधन नभएसम्म संघर्षका कार्यक्रमहरु गर्नुपर्ने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 
ज्ञापनपत्रमा सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा ब्यवस्था भएको “कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायीकरण, बचत तथा कर्जा सुरक्षण कोष” तत्काल स्थापना हुनुपर्ने, सरकारले सहकारीमा देखिएका तरलता ब्यवस्थापनका लागि राष्ट्रिय सहकारी बैंकमार्फत सहुलियत ब्याजदरमा ३ बर्षसम्मका लागि १० अर्ब रकम उपलब्ध गराउन पर्ने, बजार अनुसार ब्याजदर निर्धारण हुने स्वचालित प्रणलीको विकास गर्नपर्ने, सहकारी क्षेत्रलाई दीगो, मर्यादित, सुशासित बनाउन सहकारी संघ संस्थाहरुको प्रभावकारी अनुगमनका लागि “दोस्रो तहको नियामक संस्था ” तत्काल स्थापना हुनपर्ने, हाल बित्तिय सहकारी संस्थाहरुको दर्ता, कार्यक्षेत्र बिस्तार र सेवाकेन्द्र स्वीकृतिमा तत्कालै रोक लगाउनु पर्ने, सहकारीको दीगोपनाको लागि सहकारी अभियानसंगको समन्वयमा छुट सुबिधा र प्रोत्सहान सहितको “एकीकरण प्याकेज कार्यक्रम” तत्काल घोषण गरी कार्यान्वयन गर्नुपर्ने, बिद्यमान असहज परिस्थितिका कारण करचुक्ता लिन बाँकी रहेका सहकारी संस्थाहरुका लागि २०८० असार मसान्तसम्म म्याद थप गर्नुपर्ने, बिषम परिस्थितिका कारण कार्यालय सुचारु गर्न समस्यामा परेका केही सहकारी संघ÷संस्था सञ्चालनको वातावरण बनाउन कम्तीमा २ बर्षको कूलिङ अवधि घोषणा गर्नुपर्ने, सहकारी संघ÷संस्थाहरु निर्वाध रुपमा सञ्चालन गर्न तत्काल नेपाल सरकार, गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशमासन कार्यालयमा सुरक्षा सम्वन्धि परिपत्र जारी गर्नपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।
मकवानपुर जिल्लामा सहकारी अभियानमा समस्या नदेखिएतापनि राष्ट्रिय रुपमा समस्या उत्पन्न आएकोले सो समस्या समाधानको लागि राज्यको स्पष्ट नीति आवश्यक भएकोले ज्ञापनपत्र दिईएको मकवानपुर जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण संयन्त्र, मकवानपुरका संयोजक मेनुका घिमिरेले बताए । 
मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, सचिव प्रतिमा श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्र प्रसाद ढुंगाना, कोषाध्यक्ष बिष्णु माया लामा, ब्यवस्थापक सुमित्रा कुमारी वाईबा, मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहाल, कृषि सहकारी संघ मकवानपुरका ब्यवस्थापक नरेश आचार्य, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लि.का सहायक ब्यवस्थापक ईश्वरी शिल्पकार, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेप्स्कुन फिल्ड कार्यलय हेटौंडाकी ईञ्चार्ज ज्योति महत लगायतको टोलीले संयुक्त रूपमा प्रजिअ मार्फ़त संघीय सरकारलाई ज्ञापनपत्र बुझाएका हुन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार