Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा जेठ १६ बाट राष्ट्रिय भलिबल प्रतियोगिता हुने

dda-1685288236.jpg

१४ जेठ, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौडा र मकवानपुर जिल्ला भलिवल सघंको आयोजनामा हेटौंडामा यहि जेठ १६ गतेदेखि खुल्ला पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । हेटौडा ४ स्थित हुप्र चौरमा रहेको भलिवल कोर्टमा हुने प्रतियोगितामा देशभरका विभिन्न दश वटा टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी वल र नेपाल प्रहरी सहित आयोजक मकवानपुर जिल्ला भलिवल संघ, बागमी प्रदेश भलिवल टिम, मधेस प्रदेश भलिवल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिवल टिम, वालिङ भलिवल टिम स्याङजा र पाथिभरा भलिबल टिम झापाको सहभागीता रहने अध्यक्ष विष्टले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा द्धितिय हुने टिमले नगद एक लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । 
यस्तै प्रतियोगिताको सेमीफाईनल पुग्ने दुई टिमलाई ५०÷५० हजार नगद प्रदान गरिने अध्यक्ष विष्टले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद पन्द्य्र हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद पाँच÷पाँच हजार पुररुकार प्रदान गरिने विष्टले जानकारी दिए ।
करिब २५ लाख खर्च अनुमान गरिएको प्रतियोगिता सञ्चालनका लागी हेटौडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद वागमती, हेटौंडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार