Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

तेश्रो मेयर कपमा हेटौंडा १० को बिजयी सुरुवात

Capture-1685496394.JPG

१७ जेठ, हेटौंडा । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा जारी तेश्रो मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा १० ले बिजयी सुरुवात गरेको छ । 
प्रतियोगिता अन्तरगत मंगलबार भएको प्रतिश्पर्धात्मक खेलमा हेटौंडा ६ लाई २–० गोल अन्तरले पाखा लगाउँदै हेटौंडा १० ले बिजयी सुरुवात गरेको हो । 
निकै प्रतिश्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । सुरुवाती चरणबाटै राम्रो मौकाहरु गुमाएका दुवै टिमले पहिलो हाफमा अग्रता लिन सकेको थिएन ।
दोश्रो हाफमा अग्रता बनाउने प्रयत्न भएपनि १० नम्बरले खेलको ४१ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । टिमलाई अग्रता दिलाउन १० नम्बरका प्रितम स्याङवोले गोल गरेका थिए । 
एक गोलले अग्रता लिएको १० नम्बर सँग बराबरी गर्दै खेलमा फर्कने प्रयास गरेको ६ नम्बरको प्रयत्न सफल हुन नपाउँदै खेलको ५१ औं मिनेटमा गोलअन्तर दोव्बर भएको थियो । टिमका लागि उनै स्याङवोले दुई गोलको अन्तर निकाल्दै टिमलाई बिजयी बनाए ।
प्रतियोगितामा राम्रा मुभहरु बनाएका हेटौंडा ६ का सुरज स्याङतान म्यान अफदी म्याच घोषित भए ।  
उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपबिजेता १ लाख ५० हजार, सन्तवना २ वटा टिमलाई ५०÷५० हजार, सर्बोत्कृष्ठ खेलाडिलाई १५ र उत्कृष्ठ खेलाडिहरुलाई ५÷५ हजार रुपियाँ नगद सहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तरगत बुधवार हेटौंडा ४ र १८ नम्बर वडा बिच खेल हुने आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिता जेठ २७ गते सम्म चल्ने छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार