Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विभागीय टिम एपीएफले जित्यो राष्ट्रिय भलिबलको उपाधि

winner-1685779181.JPG

२० जेठ, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौडा र मकवानपुर जिल्ला भलिवल सघंको आयोजनामा हेटौंडामा सम्पन्न दोस्रो राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।  
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, हुप्रचौरस्थित भलिबल कोर्टमा शनिवार सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै एपीएफले उपाधि जितेको हो । एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । 
पहिलो सेट २५–२० ले जितेको एपीएफले दास्रो सेट भने १७–२५ मा गुमएको थियो । त्यसपछिका दुबै सेट लगातार २५–१७ र २९–२७ ले आफ्नो पक्षमा पार्दै एपीएफले उपाधि उचालेको हो । उपाधि विजेता एपीएफले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेतामा सिमिति भएको आर्मीले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 
यस्तै सेमीफाईनलमा पुग्न सफल भएका नेपाल प्रहरी र गण्डकी भलिबल टिमले जनही ५०÷५० हजार नगद प्राप्त गरेका छन् । विद्यागत उत्कृष्ट हुन सफल खेलाडी तथा कोचलाई समेत नगद सहितपुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बन्न सफल एपीएफका विजय थापाले नगद १५ हजार सहित शिल्ड प्राप्त गरे । 
यसैगरी वेष्ट स्पाइकर आर्मी क्लबका शरण सामरी, वेष्ट ब्लकर आर्मी कै सनोज चौधरी, वेष्ट डिफेन्डर आर्मी कै इश्वर थापा, वेष्ट सेटर एपीएफका सुवास कुँवर र वेष्ट कोच एपीएफका पुष्पजंग मल्ल घोषित भए उनीहरुले जनहरु नगद ५÷५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेत, उपविजेता र विद्यागत उत्कृष्टहरुलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, प्रतिष्ठानका अध्यक्ष प्रताप  विष्ट लगाएताले पुरस्कार प्रदान गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार