Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    

Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिह लामा र नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बहादुर बानियाँको विशिष्ट आतिथ्यतामा हेटौंडा नगर सम्मेलन सम्पन्न भएको हो ।
नेपाली कांग्रेस हेटौँडा नगर सभापति उत्सव इटेनिको सभाध्यक्षतामा भएको नगर सम्मेलनमा बोल्दै प्रमुख अतिथि कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले काग्रेसमा २०४६ साल देखि शुद्धिकरण अभियानको चर्चा भएको तर अब चर्चा भन्दा पनि शुद्धिकरण अभियान सुरु गर्नुपर्ने समय आएको बताएकी छिन् । उनले पार्टीमा कवेरहरुको हावि भएको भन्दै कुवेरको सञ्जालबाट पार्टीलाई उन्मुक्ति दिनुपर्ने बताइन । 
त्यसैगरी कार्यक्रमका विशिष्ट आतिथी नेपाली कांग्रेस केन्द्रिय​ सदस्य तथा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिह लामाले टिकट नपाउँदैमा यो त्यसको र यो फलानाको गुटको भन्ने परिपाटिको अन्त्य हुनुपर्ने भन्दै कांग्रेसमा ग्रास रुट अभियान चलाउन आवश्यक रहेको बताए । 
कार्यक्रमका विशिष्ट आतिथी नेपाली काँग्रेस बागमती प्रदेश सभापति बानियाँले जनताको मन जित्न विकासको एजेन्डा, भिजन आवश्यक पर्ने र जनताले विकास गर्नेलाई मत दिने  र राजनैतिक परिबेश बदलिएको भन्दै काग्रेसले बदलिएको परिबेसलाई उठान गर्न आवश्यक रहेको बताए ।कार्यक्रमलाई सम्बोधनका क्रममा बानियाँ पार्टी र नेतृत्वसंग चित्त नबुझेको कुरा पार्टी भित्र राख्नु पर्छ, पार्टी र नेतृत्वसँगको मनमुटावलाई सामाजिक सञ्जालमा जथाभावि रुपमा लेख्नेलाई पार्टीले कारबाही गर्नपर्ने बताए । 
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्वसभापति रघुरमण न्यौपाने, कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का संघिय सभापति दमोदर खनाल, काग्रेस प्रदेश १ क र ख का सभापति सुशान्तद श्रेष्ठ , राजेश बानियाँ, कांग्रेस हेटौंडा नगरका निवर्तमान सभापति आनन्दराम पराजुली , कांग्रेस मकवानपुर नेता यतिराज सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यकमको स्वागत नगर उपसभापति डोल्मा स्याङ्बोले गरेका थिए भने समापन नगर उपसभापति रामकृष्ण कोइरालाले गरेको थिए । त्यसैगरी कार्यक्रम संचालन नगर सचिव हर्क रत्न लामाले गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

थप समाचार